
काठमाडौं, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीमण्डलले पुणर्ता पाएको छ । उनले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।
कांग्रेसबाट रुपा विक र पूणर्बहादुर तामाङ र नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएका हुन् ।
अरुणलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रुपालाई वन तथा वातावरण र पूणर्बहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ ।



