रोल्पा, १९ साउन । शुक्रबार राति रोल्पाको सुनछहरी गाउँपालिका-४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक केशरबहादुर थापाका अनुसार राति ९ बजेतिर माथिबाट पहिरो आएर घर पुरिएको हो । घरमा आमा र नातिनी रहेको बताइएको छ।
पहिरोले घरसँगै हजुरआमा र उनका ४ वर्षीया नातिनीलाई पुरेको बताइएको छ। ६५ वर्षीया हजुरआमा बसुना सुनार भने घरभित्रै मृत अवस्थामा फेला परेकी छन् भने नातिनी बेपत्ता रहेकी छन् । नातिनी नभेटिएपछि घरभित्रै पहिरोले पुरेको हुन सक्ने प्रहरी अनुमान छ ।
घटनाबारे स्थानीयले प्रहरी चौकी सिउरीमा राति १० बजेतिर जानकारी गराएका थिए। सूचना पाउनासाथ प्रहरी निरीक्षक थापाको कमान्डमा चारजना प्रहरी घटनास्थल पुगेका थिए। वर्षा नरोकिएको र पहिरो झर्ने क्रम जारी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय