विराटनगर, २० साउन । मोरङको रंगेलीमा स्कुल बसले ठक्कर दिदा साईकलयात्रिको मृत्यु भएको छ ।
विराटनगर-१० मा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयको को १ क १७०० नम्वरको बसले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको छ।
विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको बसले रंगेली नगरपालिका-२ चेका पुलमा ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका धनपालथान गाउँपालिका-३ मायागन्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठाकुरलाई बिहान ९ः ४५ बजेतिर बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषित गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ । बस र चालक झापाको कन्काई नगरपालिका-१ का ५७ वर्षीय इन्द्रप्रसाद मिश्रलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी बस्नेतले जानकारी दिए ।
बसको तीव्र गति र चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय