झापा, २० साउन । झापामा लागू औषधसहित तीन जना पक्राउ परेका छन् ।
मेचीनगर नगरपालिका- १० बस्ने २९ वर्षीय राजीव साह र सोही ठाउँ बस्ने २८ वर्षीय महमद अजिमलाई मेचीनगर-६ स्थित पुरानो मेची पुलबाट ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउदै गरेको मे १० प १३३८ नम्बरको मोटरसाइकललाई चेकजाच गर्ने क्रममा उनिहरु पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा मोटरसाईकलका चालक साह र पछाडि सवार अजिम रहेको प्रहरीले जनाएको छ । उनीहरूले लुकाइछिपाई ल्याउँदै गरेको प्लास्टिकसहित ५ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।
त्यस्तै लागू औषधसहित एक भुटानी शरणार्थी महिला पक्राउ परेकी छन् । शुक्रबार साँझ ७ः३० बजे दमक नगरपालिका- ३ बेलडाँगी शिविर बस्ने २३ वर्षीया प्रमीला गुरुङ ब्राउन सुगरसहित पक्राउ परेकी हुन् ।
उनले अवैध रुपमा लागू औषध बेचबिखन गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी बाघ खोरबाट टोली खटिएर चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकसहित १ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय