काठमाडौं, २० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद र केन्द्रीय सदस्यहरूले पाँच दिनसम्म सार्वजनिक यातायात चढ्ने भएका छन् ।
शनिबारबाट पार्टी कार्यालय चमतीमा निजी गाडी छोडेका नेता र सांसद आइतबार तनहुँमा भएको कार्यक्रममा उपसभापति डा. स्वणर्िम वाग्ले, सांसदहरू शिशिर खनाल, गणेश पराजुलीले सार्वजनिक गाडी प्रयोग गरेर त्यहा पुगेका हुन ।
शनिबार पार्टीको बन्द कार्यशाला सकेर सम्पूणर् नेता तथा सांसदहरू सार्वजनिक यातायातमै घर फर्किएको रास्वपा सचेतक निशा डाँगीले बताइन् ।
आइतबार पार्टी उपसभापति डोलप्रसाद अर्याल पनि सार्वजनिक यातायात चढेर त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भइरहेको खेल हेर्न पुगेका छन् ।
दशरथ रङ्गशालामा आइतबार नेपाल र इरानबीचको भलिबल खेल भइरहेको छ। सभापति रवि लामिछाने भने आइतबार घरमै आराम गरिरहेको उनको सचिवालयका एक सदस्यले बताए ।
सार्वजनिक यातायातको अवस्था बुझ्न र सर्वसाधारणले भोगिरहेका समस्या नजिकबाट नियाल्न आफूहरूले सार्वजनिक यातायात पाँच दिनसम्म चढ्ने अभियान चलाएको उपसभापति अर्याल बताउँछन् ।
उनले सभापति लामिछानेसहित अन्य सबै नेताहरूले सार्वजनिक यातायात चढ्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय