
उर्लाबारी, २१ साउन । आगामी भदौ-९ गते हुने उर्लाबारी उद्योग वाणिज्य सघको चुनावी दौडमा बिनोद न्यौपाने तिब्र रुपमा व्यावसायी भेटघाटमा लागेका छन् ।
संघको कानूनी सल्लाहकारको रुपमा रहेका न्यौपाने उद्योगी व्यवसायीमाझ परिचित व्याक्ति हुन । व्यावसायका अत्तिरिक्त न्यौपानेले शैक्षिक, धार्मिक, खेलकुद एवम् सामाजिक क्षेत्रमा लायन्स, जेसिज लगायतका संघसस्थामा आफुलाई नेतृत्वदायि भुमिकामा उभ्याईसकेका छन् ।
सघमा रहदा न्यौपानेले संघको बरिष्ठ उपाध्यक्ष सम्मको अनुभव संङघालिसकेकाले संघको नया यात्रामा अहिले उनले संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।
सामाजिक संघसंस्थाहरुमा आर्थिक र भौतिक दुवै रुपमा सहयोग उपलब्ध गराउँदै आएका न्यौपाने यस पटक उर्लाबारी उद्योग बाणिज्य संघको अध्यक्ष बनेर उद्योगी तथा ब्यवसायीहरुको हकहितमा सक्रिय रहने लक्ष्यका साथ चुनाबी मैदानमा उत्रिएका हुन ।
व्यवसायीहरुको हकहितको लागि काम गर्दै आएका न्यौपाने संघको विपद् कोषलाई वृद्धि गराउने र संघको अधुरा कामहरु पूरा गर्ने मुख्य एजेण्डाका साथ अध्यक्षमा आफ्नो उम्मेद्वारी रहेको बताए ।
साथै उनले व्यापारीहरुलाई संघमा आवद्ध गराई उनीहरुको सुखदुःखमा साथ दिने र संघलाई आधुनिक प्रविधिमैत्री बनाउने अभियानमा लाग्ने बताउँदै सम्पूणर् उद्योगी तथा ब्यवसायीहरुलाई साथ दिन अपिल गरेका छन् ।



