उर्लाबारी, २१ साउन । वि.स. २०३९ सालको भदौमा जन्मिएका तारामान सिरेङ सानै उमेरदेखि शान्त, परिश्रमी, मृदुभाषी, सहयोगी र परोपकारी स्वभावका व्यक्ति थिए । यीनै गुणहरूले उनलाई बाल्यकालदेखि नै साथीभाई र स्टमित्रहरूको प्रिय बनायो । अध्ययनको क्रममा पनि उनका सरल स्वभाव र सामुहिकतामा रमाउने शैलीका कारण उनले धेरै साथीहरू प्राप्त गरे ।
सिरेङले २०६१ सालमा उर्लाबारीमा तारा कोल्ड स्टोर सञ्चालन गरेर व्यावसायिक यात्रा सुरू गरे । व्यापारसँगै सामुहिकतामा रमाउने स्वभावका कारण उनले उर्लाबारीमा चाँडै परिचित बन्ने अवसर पाए । जसका कारण उनले २०६६ सालको उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा सदस्य पदमा उम्मेदवारी दिए र निर्वाचित भए ।
वाणिज्य संघमा सिरेङको यात्रा र प्रारम्भिक उपलव्धीः सिरेङको यात्रा सदस्य पदमा मात्र सीमित रहेन । उनले २ वर्षे कार्यकालमा संघको कार्यशैली र संरचनालाई बुझेर २०६८ सालमा महासचिव पदमा उम्मेदवारी दिए । परोपकारी र मृदुभाषी स्वभावका कारण उनले महासचिव पदमा अत्यधिक मत प्राप्त गरे ।
उनले महासचिवको रूपमा उर्लाबारी उद्योग वाणिज्य संघलाई महासंघको सदस्यता दिलाउने महत्वपूणर् कार्य गरे, जसले सदस्य संख्या ९ सयबाट ११ सयमा पुर्यायो ।
महासचिव पदको कार्यकालको पछि, सिरेङले केही समय व्यावसायिक कर्ममा ध्यान दिएका थिए । महासचिवका रूपमा उनले गरेका पहल र कार्यशैलीलाई देखेर स्थानिय व्यावसायीहरूले उनलाई संघको नेतृत्वमा देख्न चाहेका थिए । यसका कारण उनले २०७२ सालमा बरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिए, जसमा उनले अत्यधिक मत प्राप्त गरे ।
बरिष्ठ उपाध्यक्षको यात्रा र उपलव्धीः सिरेङले बरिष्ठ उपाध्यक्षका रूपमा नविनतम सोच राख्दै ‘प्राकृतिक प्रकोप कोष’ को स्थापना गरे, जुन अहिले ‘विपद कोष’ का रूपमा सञ्चालनमा छ ।
यसले विपदमा परेका व्यवसायीलाई राहत पुर्याउने कार्य गर्दै आएको छ । उनले उर्लाबारीको चिनारी देशका कुनाकाप्चासम्म पुर्याउनका लागि सडक खाना महोत्सवको प्रस्ताव ल्याए, जुन सफलतापूर्वक सम्पन्न भयो । व्यावसायीहरूको स्वास्थ्य परिक्षणका लागि स्वास्थ्य शिविरको आयोजना पनि उनकै पहलमा भएको हो ।
सिरेङले संघको विधानमा पदाधिकारीको कार्यकाल २ वर्षबाट ३ वर्षमा विस्तार गर्ने प्रस्ताव पेश गरे, जुन अहिले पनि लागू छ ।
अध्यक्षमा उम्मेदवारी र पराजयः सिरेङले २०७८ सालमा अध्यक्षको उम्मेदवारी दिए, तर नेकपा एमालेका शेरवहादुर भण्डारीसँगको प्रतिष्पर्धामा १ सय ५६ मतले पराजित भए । यद्यपि, उनले पराजयपछि पनि व्यावसायिक समुदायका हकहितमा काम गर्न जारी राखे । कोभिड-१९ महामारीको समयमा, उनले अक्सिजन सिलिण्डरहरूको व्यवस्था गरेर स्थानिय सरकारलाई प्रदान गरे र १ हजार ४ सय कोभिड भ्याक्सिन वितरण गर्ने कार्य सम्पन्न गरे ।
साना, मझौला, र ठुला व्यवसायीहरूको हकहितका लागि जस्तो सुकै परिस्थितिमा अग्रभागमा रहेर काम गर्दै आएका सिरेङ २०८० सालको कार्तिक २६ गते लक्ष्मी पूजाको रात एक विनाशकारी आगोको चपेटामा परे । २४ दिनको कठिन उपचार पछि उनले मृत्युलाई जिते । अस्पतालको श्ययामाा हुदा उनले जीवनलाई पुनर्मूल्यांकन गर्दै आफूलाई केवल व्यक्तिगत लाभका लागि नभई सम्पूणर् उर्लाबारीका व्यवसायीहरूको हितमा समर्पित गर्न अठोट गरे ।
यो अठोटलाई ध्यानमा राख्दै, सिरेङले उर्लाबारी उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । अघिल्ला कार्यकालमा पनि आफ्नो जिम्मेवारीलाई कुसलतापुर्वक सम्पन्न गरेका सिरेङको उम्मेदवारी सगसगै व्यावसायिक समुदायका व्याक्तिहरुमा नयाँ उत्साह थपिएको चर्चा चलिरहेको छ।
ADVERTISEMENT