धरान, २३ साउन । मदन भण्डारी राजमार्ग अन्तरगत धरान उपमहानगरपालिका-८ को बौद्ध घाटमा सडक पुणर् रुपमा भत्केको छ ।
गत चैत महिनामा निर्माण सम्पन्न भएको उक्त सडक आज बिहान ३ बजे परेको पानी पछि ढ्वाङे खहरेमा आएको बाढीले सडक २ टुक्रा पारिदिएको हो ।
सडक विभाग र ठेकेदारले बाटो निर्माण गर्दा हेलचक्राई गरेकाले भर्खरै निर्माण सम्पन्न भएको बाटो भत्किएको स्थानीयको आरोप छ ।
उक्त बाटोमा घोपा क्याम्पको समयमा बेलायती सरकारले पुल बनाएको थियो । हालै मात्र नेपाल सरकारको लगानीमा २ लेनको मदन भण्डारी राजमार्ग बाटो बनाई कालो पत्रे समेत भएको हो ।
मदन भण्डारी राजमार्ग बाटो कालोपत्रे बनाउने ठेक्का श्री मोतिदान निर्माण कम्पनी काठमाडौँले पाएको थियो ।
ADVERTISEMENT