काठमाडौं, २३ साउन ।  नेपालका हेलिकप्टर कम्पनीहरुले हेलिकप्टर चार्टरको भाडा बढाएका छन् । आगामी असोज १५ (अक्टोबर १) बाट लागू हुने गरी कम्पनीहरूले विभिन्न गन्तव्यका लागि भाडा बढाउने सहमति गरेका हुन् ।
हेलिकप्टर कम्पनीहरु एयर डाइनेष्टी, अल्टिट्युड, फिस्टेल, हेलि एयरभेष्ट, कैलास, मनाङ, प्रभु, श्री र सिम्रिक एयरका प्रतिनिधिले गत जेठ २१ गते गरेको सहमतिअनुसार काठमाडौँबाट हुने उडानसहित विभिन्न गन्तव्यको भाडा वृद्धि हुने भएको हो ।

सहमतिअनुसार काठमाडौँबाट हुने उडानसहित विभिन्न गन्तव्यको भाडामा ४ देखि ५ प्रतिशतसम्म वृद्धि भएको बताएका छन्।
कहाँ जान कति भाडा ?

काठमाडौँ-गोसाइँकुण्ड-काठमाडौँ ः १ लाख ५० हजार रूपैयाँ।

काठमाडौँ-वीरगन्ज-काठमाडौँ ः २ लाख २० हजार रूपैयाँ।

काठमाडौँ-जनकपुर-काठमाडौँ ः ३ लाख रूपैयाँ।

काठमाडौँ-ओखलढुंगा-काठमाडौँ ः २ लाख २० हजार रूपैयाँ।

काठमाडौँ-पोखरा-काठमाडौँ ः ३ लाख ३० हजार रूपैयाँ।

काठमाडौँ-फाप्लु-काठमाडौँ ः ३ लाख रूपैयाँ।

काठमाडौँ-खोटाङ-काठमाडौँ ः ३ लाख रूपैयाँ।

काठमाडौँ-मुक्तिनाथ-काठमाडौँ ः ५ लाख २५ हजार रूपैयाँ।

काठमाडौँ-धरान-काठमाडौँ ः ४ लाख ४० हजार रूपैयाँ।

काठमाडौँ-भैरहवा/बुटवल-काठमाडौँ ः ४ लाख २५ हजार रूपैयाँ।

काठमाडौँ-भोजपुर-काठमाडौँ ः ३ लाख ९० हजार रूपैयाँ।

काठमाडौँ-ताप्लेजुङ-काठमाडौँ ः ४ लाख ९० हजार रूपैयाँ।

काठमाडौँ-विराटनगर-काठमाडौँ ः ४ लाख ८० हजार रूपैयाँ।

काठमाडौँ-पाथीभरा-काठमाडौँ ः ५ लाख २५ हजार रूपैयाँ।

काठमाडौँ-दाङ-काठमाडौँ ः ६ लाख २५ हजार रूपैयाँ।

काठमाडौँ-चन्द्रगढी-काठमाडौँ ः ५ लाख ७५ हजार रूपैयाँ।

काठमाडौँ-नेपालगञ्ज-काठमाडौँ ः ७ लाख ५० हजार रूपैयाँ।

काठमाडौँ-सुर्खेत-काठमाडौँ ः ७ लाख ५० हजार रूपैयाँ।

काठमाडौँ-धनगढी-काठमाडौँ ः ११ लाख रूपैयाँ।

काठमाडौँ-रारा-काठमाडौँ ः ११ लाख रूपैयाँ।

काठमाडौँ-डडेलधुरा-काठमाडौँ ः १२ लाख ७५ हजार रूपैयाँ।

काठमाडौँ-सिमीकोट-काठमाडौँ ः १२ लाख ७५ रूपैयाँ।

त्यस्तै पर्यटकका लागि गरिने हिमाली क्षेत्रको उडानका लागि पनि भाडा बढेको छ। नयाँ भाडा अनुसार लुक्लाबाट सगरमाथा र मकालु क्षेत्र जानका लागि सबैभन्दा कम फाक्दिङका लागि ४०० डलर रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय