सुनसरी, २३ साउन । नेपालकै प्रसिद्ध धार्मिक स्थल बराहक्षेत्र जाने बाटोमा पहिरो खसेको छ । पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । बुधबार बराह जयन्तीकै दिन बिहानैदेखि पहिरो खस्दा बराहक्षेत्र दर्शनका लागि हिडेका तीर्थालुहरू बाटोमै अड्किएका छन् ।
कोसी पुलदेखि बराहक्षेत्र धाम जाने बाटोको दुई ठाउँमा लगातार ढुँगासहितको पहिरो खसिरहेका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख विकास राईले बराह जयन्तीकै दिन भएकोले तीर्थालुहरू बिहानैदेखि बराहक्षेत्र जानका लागि त्यहाँ पुगेपनि पहिरो खसेर बाटो अवरुद्ध बनेपछि जान नपाएको जानकारी दिए । बिहानैदेखि धनसरे खोला र १७ नम्बर पुलको भीरमा चट्टानसहितको पहिरो खसिरहेको उनले बताए ।
लगातार भीरबाट ढुँगा खसिरहेका कारण पहिरो पन्छाउनका लागि गएको स्काभेटर पनि फर्काउनु परेको प्रहरीको भनाई छ ।
सडक अवरुद्ध हुँदा बराहक्षेत्र धाममा पुगिसकेका तीर्थालुहरू भने त्यही अलपत्र परेका छन् । कोसी नदीमा बाढी आएर जलसतह माथि आएका कारण त्यहाँ मोटरबोट समेत सञ्चालन हुन सकेको छैन ।
बराह जयन्तीका अवसरमा नेपालसहित भारतबाट हजारौं तीर्थयात्रीहरू आज बराहक्षेत्र पुग्ने गर्दथे । तर पहिरोले सडक अवरुद्ध हुँदा दुवैतिर तीर्थालुहरू रोकिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय