सुनसरी, २४ साउन । धरानमा खानेपानी महसुल वृद्धिलाई लिएर दलहरू र विद्यार्थीहरुले थालेको आन्दोलन जारी छ । आन्दोलनरत पक्षले बिहीबार बिहान १० बजेदेखि उपममहानगरपालिका कार्यालय प्रवेश गर्ने मुख्य गेटमै धर्ना दिएर नाराबाजी गरे ।
उनिहरुले खानेपानी माफिया मेयर हर्क साम्पाङ मुर्दाबाद, खानेपानीको महशुल बृद्धिलाई कम गर जस्ता नाराबाजी र प्येकार्ड बोकेर नाराबाजी गर्दै विद्यार्थीको समूहले पटक पटक प्रवेशद्धार भत्काउन खोजे । त्यसपछि सुरक्षाकर्मी र आन्दोलनरत पक्षबीच झडप भएको थियो ।
सुरक्षाकर्मी र आन्दोलनरत पक्षले संयम अपनाउँदा अपनाउँदै पनि एकजना विद्यार्थी घाइते भएका छन् । स्थिति हिंसात्मक र असामान्य हुनसक्ने भएपछि सशस्त्र र जनपद प्रहरीका डिएसपीद्वययले समन्वय गरेर मेयर साम्पाङलाई सम्बोधन गर्न आग्रह गरे । सुरक्षा समयन्त्रको आग्रह पछि मेयर हर्क साम्पाङले आन्दोलनरत पक्षलाई सम्बधोन गर्दै आँउदो आइतबार ११ बजे १० दलका एक-एकजना प्रतिनिधि वार्तामा आउनेगरी तपाईंहरू नगरपालिका आइदिनु होला । र, सम्पूणर्लाई हामीलाई सचेत र सजग गराउनु भएकोमा धन्यवाद दिन चाहान्छु । यहाँहरू सबैको जय होस, नमस्कार जय धरान ।’ भन्दै विदा भए ।
ADVERTISEMENT