काठमाडौं, २५ साउन । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपाल विधुत प्राधिकरणले ८ वर्षमा ४७ अर्ब सञ्चित नाफा कमाएको बताएका छन् ।
उनले भने, जम्मा ८२ अर्ब नाफा भएको छ, त्यसमध्ये ४७ अर्ब सञ्चित नाफा हो’ ‘यति धेरै नाफा डेडिकेटेड र ट्रङ्कलाइन महसुलले मात्रै भएको होइन ।’
घिसिङले महालेखाबाटै अडिट गरी आएको हिसाबअनुसार नाफाको विवरण आफूले भनेको पनि बताए ।
‘तीनपटक गरि २५ प्रतिशत महसुल घटाउँदा पनि हामी नाफामा छौं’, उनले भने, ‘कुनै पनि उत्पादनमा यसरी मूल्य घटाउँदा नाफामा जाँदैन । तर प्राधिकरण नाफामा छ ।’
उनले ५९ लाखमध्ये २२ लाख ग्राहकलाई न्यूनतम शुल्क लगाइए पनि बताए । ‘प्राधिकरणले नाफा मात्रै कमाएको छैन, व्यवसायिक उत्तरदायित्व निभाइरहेको छ’, उनले भनेका छन् ।
२०७८ साउन २५ गते दोस्रो कार्यकालका लागि नियुक्त भएका कुलमानले तीन वर्षे कार्यकाल पुरा भएको अवसरमा आज पत्रकार सम्मेलनको आयोजना गरी यस्तो बताएका हुन ।
हाल उनले डेडिकेटेड र ट्रङ्कलाइन महसुल विवादमा व्यापारी र सरकारसँग टकराव खेपिरहेकाछन् ।
उनले पत्रकार सम्मेलनका क्रममा देशलाई छिट्टै पूर्ण विद्युतीकरण घोषणा गरिने योजना सुनाए । उनले प्राधिकरणको नाफा वास्तविक भन्दै कागजी मात्रै नभएको स्पष्टीकरण दिए ।
ADVERTISEMENT