
शुक्रबार साँझ लायन्स क्लवले उर्लाबारीमा दीप प्रज्वलन गरेको छ । नेपालमा लायन्स क्लवको स्थापना भएको ५३ वर्ष पुरा भई ५४ वर्षमा प्रवेश भएको अवसरमा आज साँझ उर्लाबारी चोकमा दीप प्रज्वलन गरिएको हो ।
लायन्स क्लव अफ उर्लाबारी, लायन्स क्लव अफ आस्था, लायन्स क्लव अफ आस्था उर्लाबारी, लायन्स क्लव अफ ईष्टर्न मोरङ र लायन्स क्लव अफ पथरीको संयुक्त आयोजनामा दीप प्रज्वलन गरिएको लायन्स क्लव अफ उर्लाबारीका अध्यक्ष पवन अग्रवालले बताए ।




नेपालमा सर्वप्रथम सन् १९७१ अगष्ट ९ मा पुर्व प्रधानमन्त्री मातृकाप्रसाद कोईरालाले लायन्स क्लवको स्थापना गरेका थिए । कोईरालाको नेतृत्वमा लायन्स क्लव अफ विराटनगर गठन भई नेपालमा लायन्स क्लव भित्र्याईएको ईतिहास छ ।
कार्यक्रममा रिजन चेयर पर्सन सञ्जिव बुढाथोकी, लायन्स कलव अफ ईष्टर्न मोरङका अध्यक्ष अर्जुन न्यौपाने, उर्लाबारी लायन्सका पुर्व अध्यक्ष नितम चौहानसहित अन्य लायन्सका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।