उर्लाबारी वडा नम्बर ३ केर्खाली चोकस्थित एक घरमा चोरी भएको छ । आईतबार राती घरमा कोहि नभएको मौका छोपि चोरी गरिएको बताईएको छ ।

घरमुली भुवानी राई र उनकी श्रीमती सन्ध्या राई दुव‌ै जना वैदेशिक रोजगारीका लागि गल्फ राष्ट्र गएका छन् भने घरमा उनकी छोरी वर्षा राई एक्लै बस्दै आएकी छिन् । चोरले वर्षा नभएको मौका छोपेर सो घरमा चोरी गरेको प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार आईतबार राती घरको चेन गेट फोडेर कोठामा प्रवेश गरी चोरीको प्रयास भएको हो । वर्षाकाअनुसार घरबाट १÷१ वटा सुनको सिक्री र औँठी, २ वटा चाँदीको चुरालगायतका वहुमुल्य सामानहरु चोरी भएको छ ।

वर्षा आफ्नो ससुरा बुबाको स्वर्गारोहण भएपछि उर्लाबारी -४ आईतबारेस्थित आफ्नो श्रीमानको घरमा गएकी थिईन् । यस्तै घरको एक कोठा भाडामा लिई बस्दै आएका दुई जना युवकहरु समेत आईतबार मात्रै उपचारको लागि काठमान्डौ गएको स्थानिय बताउछन् ।

प्रहरीकाअनुसार घटनास्थलबाट एक वटा रड, फोडिएको चास बीसहित एक वटा टि-सर्ट फेला परेको बताएको बताईएको छ ।

उर्लाबारी प्रहरीले सो घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय