काठमान्डौ, ३१ साउन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीबाट विद्युत् बक्यौता उठाउन खोजेपछि केही व्यक्ति आफूविरुद्ध लागेको बताएका छन।
बुधबार विज्ञप्ति जारी गर्दै उनले आफ्नो कुनै व्यक्तिगत र नाजायज स्वार्थ नरहे पनि केही मानिस आफूविरुद्ध लागेको बताए ।

पूर्वडिआइजी रमेश खरेलले मंगलबार घिसिङले अनुचित कार्य गरेकोलगायत आरोप लगाउँदै घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका थिए । त्यसको खण्डन गर्दै घिसिङले आफू नाजायज र व्यक्तिगत स्वार्थमा नलागेको उल्लेख गरेका छन ।

‘मंगलबार सामाजिक सञ्जालमार्फत मेराविरुद्ध सुनियोजित रूपमा दूषित मनसायका साथ सार्वजनिक गरेको विवरण र सोही आधारमा विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषण गरिएका समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन्, ‘जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति गर्ने, संस्थालाई वित्तीय रूपमा बलियो बनाउने, विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाको विकास तथा विस्तार गरी ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउँदै छिमेकी देशसँगको विद्युत् व्यापार विस्तार गर्नेबाहेक अन्य मेरा कुनै व्यक्तिगत र नाजायज स्वार्थ नरहेको प्रस्ट पार्दछु ।’ आरोपको भ्रममा नपर्न उनले आग्रह पनि गरेका छन।
उद्योगीबाट विद्युत् बक्यौता उठाउन चलिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्थाले अहिले आफूलाई कमजोर बनाउन लागिपरेको पनि घिसिङले जनाएका छन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय