उर्लाबारी, ५ भदौं । मोरङको उर्लावारीमा श्रीकृष्ण जन्माष्टमी पर्वमा भव्य रथयात्रा आयोजना हुने भएको छ ।
बिगतवर्ष झैं यस वर्ष पनि भदौ १० गते सोमबार बिहान ७ बजे देखी रथयात्रा हुने रथयात्रा व्यवस्थापन नगर समितिले आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
रथयात्रालाई भव्य र व्यवस्थित बनाउन समाजसेवी एवं धार्मिक व्यक्तित्व यमुना राई संयोजक रहेको १५ सदस्यीय रथयात्रा व्यवस्थापन समिति गठन गरी कार्य अगाडि बढाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
उर्लावारीको सांस्कृतिक एवं धार्मिक गौरब र गहनाको रूपमा रहेको रथयात्राको पहिलो दिन भदौ १० गते सोमवार विहान ७ बजेदेखि ११ बजे सम्म पूजा आराधना, दिउसो श्रीकृष्ण महिमा कथा प्रवचन, बेलुकी भजन किर्तन, झाकी प्रदर्शन, श्रीकृष्ण जन्मोत्सव लगायतका महत्वपूणर् धार्मिक अनुष्ठान गरिने कार्यक्रम संयोजक राईले बताउनुभयो ।
यस्तै भोली पल्ट मंगलबार बिहान श्रीकृष्ण पूजा आरती, समुदघाटन, शुभकामना आदान प्रदान गरिने र सोही दिन दिउसो १ बजे देखि उर्लावारीका विभिन्न स्थानमा रथ परिक्रमा गरिने समितिका सचिव चन्द्रा कार्कीले बताउनुभयो ।
कार्यक्रम मोरङ क्षेत्र नं. १ का सांसद एवं पूर्वमन्त्री डिग बहादुर लिम्बुको प्रमुख आथित्यमा कार्यक्रम हुने समितिका अध्यक्ष यमुना राईले बताउनुभयो ।
उक्त कार्यक्रम संचालन गर्न ४ लाख रुपैया अनुमानित खर्च लाग्ने कोषाध्यक्ष डम्बर बहादुर भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय