उर्लाबारी, १० भदौ । मोरङको उर्लाबारी उद्योग वाणिज्य संघको चुनाबी साधारणसभामा लोकतान्त्रिक साझा गठबन्धनको जीत बहुमत सदस्य सहित जित भएको छ ।
चार राजनैतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, जसपासहितको लोकतान्त्रिक समावेशी साझा गठबन्धनबाट अध्यक्षमा तारामान सिरेङसहित बहुमत पदाधिकारी एबं सदस्यहरु निर्वाचित हुनुभएको छ ।
सिरेङले उहाका निकटतम प्रतिद्वन्दी विनोद न्यौपानेलाई ३१ मतको अन्तरले पराजित गर्नुभएको हो ।
अध्यक्ष सिरेङले ५ सय १२ मत प्राप्त गर्नुभयो, न्यौपानेले ४ सय ८१ मत प्राप्त गर्नुभयो । सिरेङ गठबन्धनतर्फबाट उम्मेद्वार बन्नुभएको थियो भने न्यौपानेले स्वतन्त्र उम्मेद्वारी दिनुभएको थियो । एमालेका रामबहादुर थापा तेस्रो बन्नुभयो । उहाँले १ सय २७ मत मात्रै पाउनुभयो ।
त्यस्तै, बरिष्ठ उपाध्यक्षमा स्वत्रन्त्रका ज्ञानकुमार श्रेष्ठ (ज्ञानु) निर्वाचित हुनुभएको छ ।
श्रेष्ठले १ सय ४३ मतको अन्तरले उहाँका निकटतम प्रतिद्वन्दी गठबन्धनकी निर्मला चौहान (निरु) लाई पराजित गर्नुभएको हो । श्रेष्ठले ५ सय ९ मत प्राप्त गर्नुभयो भने चौहानले ३ सय ६६ मत पाउनुभयो । एमालेका इन्द्रबहादुर भट्टराईले १ सय ५६ मत पाउनुभयो भने स्वतन्त्र मनोहरि दाहालले ६१ मत पाउनुभयो ।
त्यस्तै, उद्योग उपाध्यक्षमा एमालेका सुनिल बोहोरा निर्वाचित हुनुभयो ।
उहाँले ५ सय ८९ मत पाउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी गठबन्धनका प्रभू राई ४ सय ४८ मत पाउनुभयो । त्यस्तै, वाणिज्य उपाध्यक्षमा एमालेका विकास बुढाथोकी निर्वाचित हुनुभयो । उहाँले ६ सय ४६ मत पाउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी गठबन्धनका रामप्रसाद धिमाल (बाङ्गाई) ले ३ सय ६७ मत पाउनुभयो ।
त्यस्तै, महासचिबमा एमालेकी सम्झना खतिवडा विजयी हुनुभयो । खतिवडाले ४ सय २२ मत पाउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी स्वतन्त्र नुतन राई (पिके) ले २ सय ६६ मत पाउनुभयो । गठबन्धनका पवन चौधरीले २ सय ५३ र टिकाप्रसाद भट्टराई (भाईटिका) ले १ सय ५४ मत मात्रै पाउनुभयो ।
त्यस्तै, उद्योग सचिबमा गठबन्धनका भेषबन्दु निरौला ६ सय ९१ मतका साथ विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी एमाले प्यानलका यज्ञबहादुर बस्नेतले ३ सय ३६ मत मात्रै पाउनुभयो । त्यस्तै, वाणिज्य सचिवमा गठबन्धनका राजकुमार श्रेष्ठ (मकै)ले ५ सय ८९ मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी एमालकी विनिता दाहालले ४ सय ६५ मत मात्रै पाउनुभयो ।
त्यस्तै, कोषाध्यक्षमा गठबन्धनका दशरथ यादब (बेचन) ले ६ सय ३५ मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी नन्दकुमार दाहाल ४ सय १२ मत मात्रै पाउनुभयो । त्यस्तै, कार्यसमिति सदस्यमा गठबन्धनका केशब भट्टराई सर्वाधिक मतका साथ विजयी हुनुभयो । उहाँले सबैभन्दा धेरै मत ७ सय २३ मत ल्याउनुभयो । गठबन्धनकै फुर्वा तामाङ (छिरिङ) ६ सय ५३, दिपेन्द्र कार्की (दिपक) ६ सय ४७, मदनप्रसाद दाहाल ६ सय ४३ र सोमबहादुर गजमेर ५ सय ५५ मत ल्याएर विजयी हुनुभयो ।
कार्यसमिति सदस्यमा भगीमाया भट्टराई (निलम कोइराला) ५सय २४, तिर्थ अधिकारी ४ सय ६५ र कपलेश्वर नायक (सूडी) २ सय ३८ले मत पाएर पराजित बन्नुभयो । उहाँहरु तीनै जना एमाले प्यानलबाट उम्मेद्वार बन्नुभएको थियो । त्यस्तै, लेखा समिति सदस्यमा गठबन्धनका बासुदेव घिमिरे (बासु) ६ सय ५६ मत र एमालेका इन्द्र दाहाल ५ सय ५६ मत ल्याएर विजयी बन्नुभयो भने गठबन्धनका मोहनलाल पाठक ३ सय ९६ मत ल्याएर पराजित बन्नुभयो ।
लेखा समिति संयोजकमा भने गठबन्धनका मनोज लुईटेल सर्वसम्मत निर्वाचित हुनुभएको थियो । १ हजार २ सय १२ मतदाता रहेको संघको निर्वाचनमा १ हजार १ सय ३७ मत खसेको थियो ।
ADVERTISEMENT