धरान, १२ भदौ । सुनसरीको धरानमा आफ्नै बाउले खुकुरी प्रहार गरी छोरीको हत्या गरेका छन् ।
संखुवासभाको खाँदबारी नगरपालिका-२ का ३३ वर्षीय बविन बरालले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा १४ वर्षीय छोरी इनिसा शाहीको मृत्यु भएको हो । खुकुरी प्रहारबाट उनकी आमा ३३ वर्षीया सिर्जना शाही घाइते भएको सुनसरी प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट घाइते बनेकी ईनिसाको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा थप बराललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
ADVERTISEMENT