उर्लाबारी, १६ भदौ । उर्लाबारीमा सम्पन्न विद्यालयस्तरीय वक्तित्वकला प्रतियोगितामा नेपाल आदर्शकी निपेक्षा कोईराला प्रथम भएकी छिन् ।
उर्लाबारी जेसीजको आयोजनामा शनिबार उर्लाबारी-४ स्थित जय वशिष्ठ रिसोर्टमा सम्पन्न वक्तित्वकला प्रतियोगितामा कक्षा ८ मा अध्ययनरत कोइरालाले प्रथम स्थान हासिल गरेकी हुन ।
लागु पदार्थ दुर्व्यसन रोक्न युवाको भुमिका विषयमा उर्लाबारीका निजी र सामुदायिकसहित २६ वटा विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
सो प्रतियोगितामा पशुपति आवासीय माविकी समृद्धि खतिवडा दोस्रो, नेबुला बोर्डिङ स्कुलकी कृक्ती न्यौपाने तेस्रो र मोरङ मोडेल आमाविकी प्रशंसा लुइँटेलले सान्त्वना पुरस्कार प्राप्त गरीन् ।
उत्कृष्ट विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले पुरस्कार प्रदान गरे ।
उर्लाबारी जेसीजका अध्यक्ष नवीन श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम सम्पन्न भएको थियो ।
पछिल्लो समय लागुऔषध दुर्व्यसन विकराल समस्याको रुपमा रहेकोले दुर्व्यसन न्युनीकरण गर्ने उद्देश्यले वक्तित्वकला प्रतियोगिता आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए । उक्त कार्यक्रम नेपाल जेसिजको प्रमुख आयोजना तथा लायन्स क्लव, लायन्स क्लव अफ आस्था, लायन्स क्लव अफ इस्र्टन, रोटरी क्वल, राट्रयाक्ट, लायन्स क्वल अफ उर्लाबारीको सह आयोजकमा सम्पन्न भएको थियो ।








