उर्लाबारी, १५ भदौ । मोरको उर्लाबारीमा सम्पन्न माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सप्तकोशी आवासिय माध्यमिक विद्यालय प्रथम भएको छ ।
सामुदायिक विकास मञ्च उर्लाबारी-६ को आयोजनामा शुक्रबार महारुद्र शिवालय मन्दिरमा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा उर्लाबारीका निजी र सामुदायिकसहित २१ वटा मावि तहका विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो । सहभागि २१ विद्यालयमध्ये पहिलो चरणमा सहभागि विद्यालयलाई लिखित प्रश्नद्वारा छनौट गरी छनौटमा परेका ११ विद्यालयलाई हाजिरीजवाफमा समावेश गरीएको थियो ।
सो प्रतियोगितामा हिमचुली मावि दोस्रो, पार्लेन्स तेस्रो र सान्तवना राधिका मावि,उर्लाबारी ६ भएका छ्न् । प्रतियोगितामा प्रथम हुने विद्यालयले ४ हजार ५ सय, दोस्रोले ३ हजार, तेस्रोले १ हजार ५ सय र चौथो हुने विद्यालयले १ हजार साथै प्रमाणपत्र र मेडल हात परेका छन्, पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयले नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र हात परेका छन् ।
प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणी पौडेलले नगदसहित सम्मान पत्रले पुरस्कृत गर्नुभएको हो ।
आयोजक विकास मञ्चको पुस्तकालय संयोजक नारदमणी नेपालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन टीकाराम भट्टराईले संचालन गर्नुभएको थियो ।
स्वास्थ्य, शिक्षा, सचेतना, उज्यालो अभियानलगायतका विभिन्न क्षेत्रमा काम गर्दै मञ्चले आगामी असोज ३ गते सातौं संस्करणको उर्लाबारी रन २०८१ आयोजना गर्दैछ ।
उक्त रनमा देश तथा विदेशका रनरहरुले समेत सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा करिव १ हजार ५ सय सहभागी रहेको आयोजक सस्थाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय