
उर्लाबारी, १९ भदौ । कोशी प्रदेशकी सांसद शोभा चेम्जोङ पालुवाले महिलाहरु नेतृत्वदायी भुमिकामा अग्रसर हुनुपर्ने बताउनु भएको छ ।
मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर-६ मा रहेको जागरण वडा स्तरीय महिला विकास समितीले आयोजना गरेको तिज विशेष कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अथिती चेम्जोङले यस्तो बताउनु भएको हो ।
सासद चेम्जोङले वडातहदेखी केन्द्रतह सम्मको नेतृत्वमा महिलालाई कार्यकारी पद र अधिकार प्रदान गर्न आनाकानी गर्ने परम्पराका कारण महिलाहरु समाजमा दोस्रो दर्जाको नगरीक सरह जिवन यापन गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको औल्याउनु भयो । सो बाध्यत्मक अवस्थालाई हटाउन तिजले विशेष सन्देश दिनुपर्ने चेम्जोङले बतउनु भयो ।
नेपाली नारीहरुले हर्षोउल्लासका साथ साथ मनाउदै आएको हरितालिका तिज पछिल्लो समय चेलीमाईतीका विचमा मात्र सिमित नरहेर विभिन्न संघ सस्था, स्थानिय सरकार देखी केन्द्रीय सरकारका प्रतिनिधी र निकायले समेत मनाउने गरेका कारण तिजमा सरकारले दिदै आएको महिला विदालाई सम्सोधन गरेर राष्ट्रिय विदाका रुपमा मनाउन सुरु गनुपर्ने पनि बताउनु भएको छ ।
जागरण महिला विकास समितीले आयोजना गरेको तिज विशेष कार्यक्रममा वडाभरीका १३ वटा महिला समुहका कम्तीमा २ सय महिलाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नम्वर-६ का वडाध्यक्ष चिन्तामणी पौडेल, कोशी प्रदेश सासद विद्या चाम्लीङ, उर्लाबारी नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख चन्द्रकला सुब्बा लगाएतले शुभकामना मनतव्य राख्नु भएको थियो ।
कार्यक्रम समितीका अध्यक्ष सिता नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो ।



