सुन्दरहरैचा, २१ भदौ । मोरङको सुन्दरहरैचा नगरपालिकामा आफ्नै दुई छोरीहरुको हत्या आरोपमा आमा पक्राउ परेकी छिन् ।
गत शनिबार सुन्दरहरैँचा नगरपालिका–७ स्थित एक केरा बगानभित्र दिदी–बहिनीको शव फेला परेको थियो । फेला परेका दुई नावालिकाको हत्या आप्mनै आमाले गरेको खुलेको हो ।
धनकुटाको पाख्रीबास नगरपालिका–४ डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्की र अस्मिताका नाबालिका छोरीहरू १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की शनिबार दिउँसो ४ः३० बजेतिर मृत फेला परेका थिए ।
शुक्रबार साँझ नै बेपत्ता भएकी अस्मिताले सोही राति छोरीहरूलाई विष खुवाएर आफूले पनि आत्महत्याको प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।
सो घटनामा मृतक नाबालिकाकी आमा २१ वर्षीया अस्मिता पौडेल (कार्की)लाई प्रहरीले बुधबार पक्राउ गरी सार्वजनिक गरेको हो ।
केरा बगानभित्र दिदीले बहिनीलाई अंगालो हालेको अवस्थामा शव फेला परेको थियो । नाबालिकाहरूको शव भेटिएको स्थानमा कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको थियो । त्यही ‘मेटासिट’ खुवाएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मृतक दुवै नाबालिकाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि दुवै शवको अन्त्येष्टि गरिसकिएको छ ।
पक्राउ परेकी अस्मिताविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरेको छ । हत्या आरोपी अस्मीताले छोरीहरूलाई विष खुवाएपछि आफूले पनि विष सेवन गरेको प्रहरीलाई बयान दिएकी छन् ।
उनले सुरुमा आफूले विष सेवन गरेको र छात्ती पोल्न थालेपछि छोरीहरूलाईसमेत खुवाएको प्रहरीमा वयान दिएकी छिन् ।
आफूलाई श्रीमानले पहिलेदेखि तनाव दिँदै आएका कारण यो घटना भएको उनले बताएकी छन् ।
पछिल्लोपटक आफ्नो निर्माणाधीन घरमा पानी लगाउने विषयमा अर्जुनसँग अस्मिताको विवाद भएपछि उनीहरूका नाबालिका छोरीहरू आइका र अपर्णालाई विष खुवाएर हत्या गरेको खुलेको छ ।
उनको अहिले विराटनगरस्थित कोसी अस्पताल विराटनगरमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । प्रहरीले अहिले अर्जुनलाई पनि निगरानीमा राखेको एसएसपी ढकालले जानकारी दिए ।
खासगरी नयाँ निर्माणाधीन घरमा पानी लगाउने विषयमा विवाद भएपछि घटनाले यो रूप लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय