उर्लाबारी, २१ भदौ । मोरङको उर्लाबारी-६ मा भव्य तीज कार्यक्रम सम्पन्न भएको छ ।
महारुद्र शिवालय मन्दिर व्यावस्थापन समितीको आयोजनामा भएको भव्य तीज विशेष कार्यक्रममा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
तीजको लहर सगै माईती मावली आएका चेलीबेटी र स्थानिय महिलाहरुलाई समावेश गरी आयोजना गरीएको खुल्ला नृत्य प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्तवना गरी ४ जनालाई पुरस्कृत गरीएको छ ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई कलस उपहार दिइएको छ ।
२०५५ सालमा स्थापना भएको महारुद्र शिवालय मन्दिरले हरेक वर्षको तीजका दिन महिलाहरुलाई मन्दिर प्राङगणमा भेला गराई नृत्य प्रतियोगिता गराउदै आएको छ ।
आगामी वर्ष १८ पुराण लगाउने र मन्दिर परीसरलाई धामका रुपमा विकास गरेर लैजाने तयारी भएको मन्दिर व्यावस्थापन समितीका अध्यक्ष चिन्तामणी पौडेलले बताउनु भयो ।
ADVERTISEMENT