उर्लाबारी, २२ भदौ । विद्यालयको समग्र शैक्षिक वातावरण सुधारको लागि विद्यालय शिक्षक अभिभावक संघको आयोजनामा मोरङको उर्लाबारी-३ मगलबारेमा रहेको दुर्गा माध्यमिक विद्यालयमा वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
कुमालेको माटो जस्ता स-साना नानीहरु पढ्ने विद्यालय आफैमा हराभरा र चिटिक्क सफा राख्न सके नानीहरुको मनसपटलमा सकरात्मक सोचको विकास गराउन मद्दत पुग्ने हेतुका साथ विद्यालयले बृहत सरसफाई कार्यक्रम आयोजना गरेको अभिभावक संघका अध्यक्ष प्रभू राईले बताउनुभयो ।
पछिल्लो समय विद्यालयको शैक्षिक सुधारको लागि राईको सकृयतामा केही कामहरु हुन थालेका छन् । गत हप्ता मात्रै उनकै पहलमा विद्यालयको नया भवनमा रंगरोगन कार्य सम्पन्न भएको थियो । रंगरोगनको लागि देश तथा विदेशबाट विद्यालयलाई सहयोग प्राप्त भएको थियो ।
विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि अभिभावक र स्थानियहरु प्रत्यक्ष रुपमा लागी पर्न आवश्यक रहेको औँल्याउदै विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि कार्यहरु भईरहेको विद्यालयकी प्रधानाध्यापक सारदा पाण्डे कार्कीले बताउनु भयो ।
यता वडा नम्बर ३ का वडाध्यक्ष भिष्मराज बुढाथोकीले सो विद्यालय वडाको एकमात्र सामुदायीक विद्यालय भएकोले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि वडाले आवश्यक पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा अभिभावक, जनप्रतिनिधि, पुर्वजनप्रतिनिधि शिक्षक, विद्यालय व्यवस्थापन समिती, विद्यार्थी, समाजसेवी, वडास्थित टोल विकास समिती, पत्रकारलगायत स्थानियबासीको बाक्लो उपस्थिती रहेको थियो ।
ADVERTISEMENT