उर्लाबारी-२ तिनघरेमा जारी प्रथम चाँदनी खुला नकआउट फुटबल प्रतियोगिता २०८१ को छैटौं दिनको खेलमा मंगलबारे र डिएफओ मोरङ फुटबल क्लव विजयी भएका छन्।
मंगलबार मंगलबारे र जाँते फुटबल क्लवबिच भएको दोस्रो दिनको पहिलो क्वाटरफाईनल खेलमा ४-१ को फराकिलो अन्तरले मंगलबारे फुटबल क्लव विजयी भएको छ । सो खेलमा मंगलबारेका जर्सी नम्बर १७ का तेन्जिङ तामाङले खेलको २ र ३४ औँ मिनेटमा २ गोल गरेका थिए। यस्तै मंगलबारेका जर्सी नम्बर ९ र १० का सनम धिमाल र सनम भुजेलले क्रमश :४९ र ५० औँ मिनेटमा १÷१ गोल गरेर आफ्नो टीमको जित सुनिश्चित गराएका थिए । यता जाँतेको तर्फबाट जर्सी नम्बर ८ का अबि लिम्बुले खेलको ५औँ मिनेटमा रक्षात्मक १ गोल गरेका थिए ।
यस्तै मंगलबार भएको दोस्रो क्वाटरफाईनल खेलमा छत्रपुर फुटबल क्लबलाई ट्राईबेकरमा ७-८ को अन्तरले हराउदै डिएफओ मोरङ फुटबल क्लव विजयी भएको छ । खेलको निर्धारित समयमा दुवै टीमको तर्फबाट १÷१ गोल भएपछि सो खेल ट्राईबेकरमा गएको थियो ।
जितसँगै दुवै टिम प्रतियोगिताको सेमीफाईलन प्रवेश गरेका छन् । यसअघि सोमबार भएका दुई क्वाटरफाईनल खेलबाट गोर्खाज र लेटाङ फुटबल क्लव प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेका थिए ।
यता आज भएको पहिलो खेलमा उत्कृष्ट खेल प्रदर्शनी गरेको बताउदै आयोजकले मंगलबारेका तेन्जिङ तामाङलाई म्यान अफ दी म्याच घोषणा गरेको थियो । यस्तै दोस्रो खेलमा डिएफओका पारस दाहाल म्यान अफ दी म्याच घोषित भएका थिए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस वडा नम्बर ४ का सभापती प्रेम लिम्बुद्वारा मायाको चिनो प्रदान गर्देै पुरस्कृत गरिएको थियो ।
यसैबिच आजको दुई खेल समापन भएसँगै सो प्रतियोगिताको सेमीफाईनल समिकरण पुरा भएको छ ।
आयोजक क्लबकाअनुसार बुधबार हुने पहिलो दिनको सेमीफाईनल खेलअन्तर्गत मंगलबारे र गोर्खाज फुटबल क्वलबिच दिउसो ३ बजेदेखि संचालन हुनेछ ।
यस्तै बिहिबार हुने प्रतियोगिताको दोस्रो दिनको सेमीफाईनल खेलअन्तर्गत डिएफओ मोरङ र लेटाङ फुटबल क्लबबिच कढा प्रतिस्पर्धा हुने आयोजक क्लवका अध्यक्ष अनिल राईले बताए ।
उर्लाबारी वडा नम्बर २ तिनघरेस्थित चाँदनी युवा क्लवको आयोजनामा संचालन भएको सो प्रतियोगितामा मोरङका विभिन्न पालीकाहरुका १६ वटा क्लवको सहभागिता रहेको छ ।
‘लागुऔषधलाई छोडौं, युवाहरुलाई फुटबलको मैदानमा जोडौं’ भन्ने मुल नाराका साथ सो प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष राईले बताए । उनकाअनुसार पछिल्लो समय ग्रामीण भेगमा युवाहरु लागुऔषध र दुर्व्यसनीमा फस्ने गरेको पाईएपछि युवाहरुलाई फुटबलको माध्यमबाट लागुऔषधमुक्त बनाउने अभियानका साथ खेलकुदमा जोड्न खोजिएको हो ।
सो प्रतियोगिताको विजेताले ३० हजार , उपविजेताले १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।
यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, हाई स्कोरर, वेष्ट गोल किप्पर, वेष्ट डिफेन्डर, म्यान अफ दी म्याचलगायतका विधाहरुमा खेलाडीलाई सम्मानित गरिने क्लवका सल्लाहकार नरबहादुर धिमालले जानकारी दिए ।
तस्विरहरु: विमल राई/ चाँदनी युवा क्लव