उर्लाबारी, ३० भदौ । शनिबार ६० औँ बाल दिवसको अवसरमा उर्लाबारीमा मोरङ जिल्लास्तरीय वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) को मोरङ जिल्ला समितिको आयोजनामा आज उर्लाबारी-५ स्थित होटल ग्राण्डको सभाहलमा सिनियर र जुनियर गरि दुई समुहमा अन्तरपालिकास्तरिय वक्तित्वकला प्रतियोगितामा सम्पन्न भएको छ ।
सिनियरतर्फ बेलबारीस्थित कसेनी मोडल माध्यमिक विद्यालयका सुमन खड्काले प्रथम स्थान हासिल गरेका छन् । यस्तै बेलबारीकै मोरङ ज्ञानोदय माविकी वेयुमा राई दोस्रो, विराटनगरस्थित ऐरियण्ट अंग्रेजी माविका प्रिन्स कार्की तेस्रो र कानेपोखरीस्थित पिनाकल ज्ञानमन्दिरकी शिक्षा लिम्बु सान्त्वना स्थान हाँसिल गरेका छन् ।
यस्तै जुनियरतर्फ सुन्दरहरैचास्थित हिमालय अंग्रेजी माविले प्रथम स्थान हाँसिल गरेको छ । त्यस्तैगरी पथरीको चिनारी अंग्रेजी मावि दोस्रो, बेलबारीस्थित माईलस्टोन अंग्रेजी मावि तेस्रो र बेलबारीको डेल्टा अंग्रेजी माविले सान्त्वना स्थान हाँसिल गरेका छन् ।
उनीहरुलाई कार्यक्रमका विशिष्ट अतिथि उर्लाबारी नगर शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले ,प्याबसन मोरङका उपाध्यक्ष सुरेन्द्र सुवेदिलगायतद्वारा ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
सो प्रतियोगितामा सिनियरतर्फ सामाजिक संजालको प्रवाभ विषयमा मोरङका १३ वटा निजी विद्यालयहरुले सहभागिता जनाएका थिए । यस्तै जुनियरतर्फ जंक फुड र यसका असरहरु विषयमा १४ वटा निजी विद्यालयहरुको सहभागिता रहेको थियो ।
एन प्याब्सन मोरङ जिल्ला अध्यक्ष नारायण ढकालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उर्लाबारी नगर उपप्रमुख मिना खतिवडा पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
प्याब्सन प्रदेश सदस्य दिपक न्यौपानेले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य प्याब्सन जिल्ला समिती सचिव भरीरुद्र चौधरीले राखेका थिए।
कार्यक्रममा प्रमुख अतिथी पौडेलसहित उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरिङ लिम्बु, प्याब्सन जिल्ला उपाध्यक्ष सुरेन्द्र सुवेदि, एन प्याब्सन केन्द्रिय सचिव राजन छारङ र नगर शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय