उर्लाबारी, ३१ भदौ । युवाहरूको नेतृत्व र व्यक्तित्व विकास गर्दै आएको उर्लाबारी जेसीजले विभिन्न रचनात्मक कार्यक्रमका साथ जेसीज सप्ताह आयोजना गर्ने भएको छ ।
जेसीजले सामाजिक उत्तरदायित्यसँगै विविध कार्यक्रम तय गरि जेसीज सप्ताह आयोजना गर्ने अध्यक्ष नविन श्रेष्ठले बताउनु भयो ।
सोमबारदेखि सुरु हुने सो सप्ताह कार्यक्रम असोज ४ गतेसम्म सञ्चालन हुने कार्यकारिणी उपाध्यक्ष तथा जेसीज सप्ताहा कार्यक्रम मुल संयोजक रोशन घिमिरेले बताए ।
उक्त सप्ताहअन्तर्गत सोमबार वाल्कथन र मानसिक स्वास्थ्य सम्बन्धि जनचेतनामूलक अन्तरक्रिया, असोज १ गते नेतृत्व विकास तालिम, २ गते रक्तदान र स्लोमोटरसाइकल रेस, ३ गते सृजना आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण र ४ गते चित्रकला प्रतियोगिता र सप्ताह समापन कार्यक्रम रहेका छन् ।
उर्लाबारी जेसीजलाई चलायमान बनाउन गरिएका उल्लेखित कार्यक्रम महत्त्वपूणर् रहेको बताईएको छ।
नेपाल जेसीजको कार्यसम्पादन मूल्याकन (२०२४) मा उत्कृष्टता प्राप्त गर्न सफल उर्लाबारी जेसीजले विविध ज्ञानवर्द्धक, सामाजिक कार्य गर्दै आएको छ ।
ADVERTISEMENT