उर्लाबारी, ३१ भदौ । मोरङको उर्लावारी-५ मा रहेको सिद्धिविनायक बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
उर्लावारी- ५ स्थित श्री सगरमाथा साकोसको हलमा प्रदेश सांसद शोभा चेम्जोङ पालुङ्गाको प्रमुख आथित्यतामा उक्त साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा अध्यक्ष गणेश बहादुर खत्रीद्वारा निति तथा कार्यक्रम सहितको प्रतिवेदन सचिव दिलकुमारी बस्नेतद्वारा कार्य प्रगति प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समिति र कर्जा असुली तथा धितो मुल्यांकन उपसमितिको प्रतिवेदन प्रस्तुत गरि व्यापक छलफल गरी पारित गरिएको थियो ।
आर्थिक वर्ष २०८०/८१मा संस्थामा जम्मा ऋण लगानी रु ५ करोड ९९ लाख ८४ हजार ४९९, जम्मा आम्दानी रु १ करोड ४ लाख ८८ हजार ४९४, र खुद नाफा रु २२ लाख ११ हजार ८१८ रुपैया रहेको संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ।
संस्थामा १ हजार २४ जना शेयर सदस्य रहेको संस्थाका व्यवस्थापक सुनिल सुवेदीले जानकारी दिनु भयो ।
साधारण सभाको अवसरमा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदअधिकारीलाई स्वागत सम्मान गरिएको थियो भने असल ऋणी, उत्कृष्ट बचतकर्ता लगायतलाई सम्मान तथा पुरस्कृत गरियो ।
संस्थाका अध्यक्ष गणेश बहादुर खत्रीको सभापतित्वमा भएको उक्त साधारण सभामा उर्लावारी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उर्मिला थापा, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरिङ् लिम्बू लगायतका अतिथीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय