उर्लाबारी, ३१ भदौ । युवाहरूको नेतृत्व र व्यक्तित्व विकास गर्दै आएको उर्लाबारी जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ ।
जेसीजले सामाजिक उत्तरदायित्यसँगै विविध कार्यक्रम तय गरि जेसीज सप्ताह सुरु गरेको पहिलो दिन वाकाथुन र मानसिक स्वास्थ्य सम्बधी जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको उर्लाबारी जेसीज अध्यक्ष नविन श्रेष्ठले बताउनु भयो ।
मानसिक स्वास्थ्य सम्वधी जनचेतना कार्यक्रम प्रोफेसर डाक्टर ब्रह्मकुमार ई.भी स्वामीनाथनले संचालन गर्नुभएको थियो ।
बर्तमान समयमा कतिपय मानिसहरु विभिन्न मानसिक रोगको सिकार थाहै नपाई हुने गरेका कारण त्यस्ता समस्याहरुलाई पहिचान गरी समयमै उपचार गराउन सके भविष्यमा भोग्नुपर्ने झनझटबाट छुटकरा पाउन सजिलो बनाउने उद्देश्यले मानसिक स्वास्थ्य सम्बधी जनचेतना मुलक कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
आजदेखि सुरु भएको सप्ताह कार्यक्रम असोज ४ गतेसम्म सञ्चालन हुने कार्यकारिणी उपाध्यक्ष तथा जेसीज सप्ताहा कार्यक्रम मुल संयोजक रोशन घिमिरेले बताउनु भएको छ ।
जसको पहिलो दिन जेसी भुपाल काफ्लेको संयोजकत्वमा सोमबार वाल्कथन र जेसी धिरज निरौलाको सयोजकत्वमा मानसिक स्वास्थ्य सम्बन्धि जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
वाकाथुन कार्यक्रममा उर्लाबारीका विभिन्न कलेजका ३ सय भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । यस्तै मानसिक स्वास्थ्य सम्बधी कार्यक्रममा विभिन्न संघसस्थाका व्याक्तिहरुको सहभागिता रहेको थियो ।
सप्ताहव्यापि कार्यक्रम अन्र्तगत असोज १ गते नेतृत्व विकास तालिम, २ गते रक्तदान र स्लोमोटरसाइकल रेस, ३ गते सृजना आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण र ४ गते चित्रकला प्रतियोगिता र सप्ताह समापन कार्यक्रम रहेका छन ।
जेसिजले हरेक वर्ष विभिन्न रचनात्मक कार्यक्रमका साथ जेसीज सप्ताह आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय