उर्लाबारी, ३ असोज । संविधान दिवसको अवसरमा उर्लाबारीमा आयोजना भएको १० किलोमिटर रनको खुल्ला तर्फको उपाधी नेपाल आर्मीकी धावक खेलाडी पुणर्लक्ष्मी न्यौपाने र पुरुष तर्फको उपाधी भारत सिक्कीमका पुरन राईले जितेका छन् ।
खुला महिला तर्फको उपाधीमा न्यौपानेले निर्धारित दुरी ४१ मिनेट ५ सेकेन्डमा पुरा गर्दै प्रथम स्थान हासिल गरीन । दोस्रो र तेस्रो स्थानमा नेपाल प्रहरीकी धावक खेलाडी सुमित्रा कुमारी चौधरीले ४१ मिनेट ३८ सेकेन्डमा निर्धारित दुरी पार गर्दै दोस्रो स्थान हासिल गरीन भने तेस्रो स्थानमा खादबारी संखुवासभाकी सुनकला राईले ४५ मिनेट ६ सेकेन्डमा निर्धारित दुरी पार गर्दै तेस्रो स्थान हासिल गरीन विजेता तिनै जनालाई क्रमस ३० हजार, १५ हजार र १० हजार नगद सहित मेडल र प्रमाण पत्रले सम्मान गरीएको छ ।
यस्तै खुला पुरुष तर्फको उपाधी भारत सिक्कीमका पुरन राईले हात पारेका छन् । उनले निर्धारित दुरी ३१ मिनेट ५४ सेकेन्डमा पुरा गर्दै प्रथम स्थान हासिल गरेका हुन । दोस्रो स्थानको उपाधी बैतडीका नरेन्द्र सिह राउतले ३२ मिनेट ५ सेकेन्डमा पुरा गर्दै दोस्रो स्थान हासिल गरे, तेस्रो स्थानको उपाधी काठमान्डौका नागेश्व अहीरले ३२ मिनेट ३७ सेकेन्डमा पुरा गर्दै हात पारे विजेता तिनै जनालाई क्रमस ३० हजार, १५ हजार र १० हजार सहित मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
यस्तै १५ वर्ष मुनिको महिला तर्फको ५ किलोमिटर दौडको उपाधी लक्ष्मी मावी उर्लाबारीकी छात्रा पुजा मतहराले हात पारिन उनले निर्धारित दुरी १८ मिनेट ३ सेकेन्डमा पुरा गर्दै प्रथम स्थान हासिल गरेकी हुन, दोस्रो, तेस्रो र चौथो स्थानमा सोही विद्यालयकका छात्रा रन्जीता देवी वाते, मनिसा चौधरी, समिक्ष वयलकोटीले उपाधी हात पारे ।
यस्तै पन्ध्र वर्ष मुनिको पुरुषतर्फको उपाधी उर्लाबारीका एरिड एन्जल खड्काले हात पारे उनले निर्धारित दुरी १४ मिनेट २९ सेकेन्डमा पुरा गर्दै प्रथम स्थान हासिल गरे भने बिमल थापा, सम्पादन राई र सनम पाङवा लिम्बुले त्रमश दोस्रो, तेस्रो र चौथो स्थान हासिल गरे उनिहरुलाई समान क्रमश ४ हजार, ३ हजार, २ हजार र १ हजार नगद सहित मेडल र प्रमाणपत्रले सम्मान गरीएको थियो ।
यस्तै सोही विधाको उर्लाबारी बाहिरका खेलाडीहरु समावेश गरीएको पन्ध्र वर्ष मुनिको उपाधी सफल श्रेष्ठले हात पारेका छन्, दोस्रो, तेस्रो र चौथो स्थानमा नयन लिम्बु, अंकित तामाङ र रोहन माझीले हात पारेका छन्, उनिहरु सुनसरीका हुन । सोही विधाको महिला तर्फको उपाधी भोजपुरकी जुही राईले हात पारेकी छिन, दोस्रो, तेस्रो र चौथो स्थानमा विनिता राई, रस्मी राई र कृति लिम्बुले हात पारेकी छिन् उनिहरुलाई समान नगद क्रमस ५ हजार, ४ हजार ३ हजार र २ हजार रुपैया सहित मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
यस्तै भेट्रान तर्फको उपाधी नवराज कार्कीले हात पारे उनले निर्धारित दुरी ४२ मिनट ९ सेकेन्डमा पार गरे, दोस्रो स्थानमम ४३ मिनेट २० सेकेन्डमा मंगल तामाङले पुरा गरे भने तेस्रो स्थानमा ४७ मिनेट १० सेकेन्डमा पुरा गर्दै विजय कार्कीले जितेका छन् उनिहरुलाई क्रमश १० हजार, ७ हजार र ५ हजार नगद सहित मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
विजेताहरुलाई कार्यक्रमका प्रमुख अथिती उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल, उप-प्रमुख मिनादेवी खतिवडा, उर्लाबारी वडा नम्वर ६ का अध्यक्ष चिन्तामणी पौडेल, वडा नम्वर-३ का वडाध्यक्ष भिष्मराज बुढाथोकी, सुरेन्द्र लिम्बु, सचिन शाक्य, गजेन्द्र दंगाल लगाएत उपस्थित अथितीहरुले मेडल र प्रमाणपत्रले सम्मान गर्नु भएको थियो।
२०७४ सालदेखि हरेक वर्ष रन सञ्चालन गर्दै आएको सस्थाले यस पटक एकै साथ १ हजार ४ सय १३ धावकहरुलाई रनमा सहभागिता गराएको सामुदायिक विकास मञ्चका अध्यक्ष प्रेम बहादुर बोहोराले बताउनुभयो ।