
उर्लाबारी, ६ असोज । मोरङको उर्लाबारी-७ मा रहेको सुन्दरफूल बचत तथा ऋण सहकारी सस्थाले स्थापना दिवशको अवसरमा नेपाल रेडक्रस शाखा उर्लाबारीलाई सहयोग गरेको छ ।
२०६५ सालमा निजी तथा आवाशिय विद्यालयका शिक्षकहरु मिली स्थापना गरेको बचत तथा ऋण सहकारी सस्थाले आफ्नो १६ औँ स्थापना दिवशको अवसर पारेर सगत संकलनका लागि आवश्यक पर्ने २ थान आधुनिक कुर्सी रेडक्रस शाखालाई उपलव्ध गराएको सहकारीका निर्वमान अध्यक्ष उपेन्द्र कडेलले बताउनुभयो ।
कडेलले रेडक्रसका सभापति भानुभक्त शर्मा पराजुलीलाई कुर्सी हस्तान्तरण गर्दै सस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रेडक्रसलाई आवश्यक पर्ने कुर्सी हस्तानतरण गरेको बताउनु भयो ।
नेपाल रेडक्रस शाखाका सभापती शर्माले कुर्सी ग्रहण गर्दै सहकारीले हरेक वर्ष स्थापना दिवशको अवसरमा रेडक्रसलाई सहयोग गर्दै आएको बताउनु भयो । सोही अनुरुप यस वर्ष सस्थाले ३८ हजार रुपैया बराबरको २ थान कुर्सी उपलव्ध गराएकोमा सहकारीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
उक्त कार्यक्रममा सहकारीका बर्तमान अध्यक्ष दिनेश पोख्रेल, लेखनाथ भट्टराई, शेखरनाथ दहाल, सुरेन्द्र सुवेदी, रुपा निरौला, राजेन्द्र कार्की लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रम उर्लाबारी-४ की कार्यवहाक वडाध्यक्ष कृष्णमाया कडरियाको प्रमुख आथिथ्यतामा सम्पन्न भएको थियो ।



