उर्लाबारी, ७ असोज । मोरङको बेलवारीमा असोज ११गतेदेखि १९ गते सम्म सातौँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप -२०८१ हुने भएको छ।

आईतबार बेलवारी नगरपालिकाको सभाहलमा एल एक्स सिटी फुटबल क्लबले एक पत्रकार सम्मेलनमार्फत सो प्रतियोगिता आयोजना गरिएको थियो ।

  गोल्डकप फुटबल प्रतियोगिताको माध्यमबाट देश विदेशमा बेलबारी नगरपालिकालाई चिनाउने र नगरको शान उच्च राख्ने कुरामा आफूले विश्वास लिएको बताउँदै बेलबारी नगरप्रमुख दिल प्रसाद राईले खेलकुद क्षेत्रमा मोरङ जिल्लाकै दोस्रो ठूलो पुरस्कार राशी भएको प्रतियोगिता बेलबारीमा हुन लागेको दावी गरेका छन् ।

उनले अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको  सभ्य र भव्य आयोजनाका साथ  प्रतियोगिताको सफलताको कामना गरेका छन् । सो प्रतियोगिताको लागि बेलबारी नगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिईयो। २ तोला ५०० ग्राम चाँदि र २ तोला सुन जडित ८ लाख बराबरको ट्रफी जित्न कुनै एक फुटबल क्लबले लगातार ३ वर्ष सो प्रतियोगिताको उपाधि उचाल्नु पर्नेछ।  लक्ष्मी मार्ग निवासी पोपिराज राई  र ज्योतिराज राईले आफ्नो स्वर्गीय बुबा एन. बी. राईको स्मृतिमा यस वर्षदेखि रनिङ कप गोल्डकपको सौजन्य गरेको  पोपिराज राईले जनाएका छन् । उनले सोहि सम्मेलनमार्फत  नगरप्रमुख दिल प्रसाद राईको उपस्थितिमा खेल आयोजक समितिका अध्यक्ष विक्रम राईलाई ट्रफी हस्तान्तरण गरेका थिए।

प्रतियोगिताका प्रथम र दोस्रो स्थान हासिल गर्ने फुटबल टिमले क्रमशः ८ लाख र ४ लाख रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक एल एक्स सिटी फुटबल क्लब अध्यक्ष  विक्रम राईले बताएका छन्  । उनले हरेक खेलमा म्यान अफ दि म्याच घोषित खेलाडीलाई ५ हजार  नगद दिइने बताएका छन्  । प्रतियोगिताको फाइनल खेलमा सर्वोकृष्ट खेलाडी , सर्वोत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्सर, सर्वोत्कृष्ट मिटफिल्डर, सर्वोत्कृष्ट गोलकर्ता, उदयमान खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कृत गरिने भएको हो। प्रतियोगितामा ६० लाख आय र ५५ व्याय हुने अनुमान गरिएको छ।

प्रतियोगितामा झापा ११ एफसी , एल एक्स सिटी एफसी,  भोजपुर डी एफ ए,  ब्रिगेड बोइज काठमाडौँ , सलहेश युथ क्लब सिराहा,  डल्सिङ पारा  एस ए इन्डिया , रारा एफ सी धनकुटा, बुटवल लुम्बिनी एफसी बुटवल, चितलाङ एफसी काठमाडौँ र नेपाल पुलिस क्लब काठमाडौँ सहित कुल १० वटा टिमले सहभागिता जनाउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय