दिलीप पोखरेल / उर्लाबारी
उर्लाबारी वडा नम्बर ४ थापाडाँगीमा झिलिमिली अभियानमा स्थानियबासी जुटेका छन् । विगत ३ वर्षदेखी थापाडाँगीमा हात्तिको जोखिम औँल्याउदै सडक बत्ती जडान गर्न वडा र नगरपालिका समझ पटकपटक योजना माग गरेतापनि कुनै सुनुवाई नभएपछि थापाडाँगीबासी आफै झिलिमिली अभियानमा जुटेको बताईएको छ ।
स्थानिय युवा कृष्ण तिम्सिनाकाअनुसार थापाडाँगी टोल विकास संस्थाले विगत ३ वर्षदेखी पटकपटक गाउमा हात्तीको जोखिम बढेको औँल्याउदै सडक बत्ती जडान गर्न वडा कार्यालय र नगरपालिका समक्ष योजना माग गरेतापनि बजेट नआएको गुनासो व्यक्त गरे । यस्तै उनले स्थानिय सरकारबाट अपेक्षाअनुरुप काम नभएपछि स्थानियबासीको सकृयतामा आर्थिक संकलन गरि गत भदौ २० गतेदेखी “थापाडाँगी टोल झिलिमिली टोल ” अभियान संचालन गरिएको बताए ।
उनकाअनुसार स्थानियको सकृयतामा हरेक पोल पोलमा सडक बत्ती जडान गरि विद्युत महशुल समेत सम्बन्धित घरले आलोपालोमा बुझाउने सम्झौताअनुरुप स्थानियले नै महशुल भुक्तानी गरिएको छ ।
सो अभियानअन्तर्गत पहिलो चरणमा हालसम्म १५ स्थानमा सडक बत्ती जडान गरिएको बताईएको छ । यस्तै सो अभियानअन्तर्गत हालसम्म करिव २० हजार रुपैया खर्च भैसकेको अभियानका संयोजक तिम्सीनाले बताए ।
यस्तै उनले आगामी वडादशैँ अगावै अभियानको दोस्रो चरणअन्तर्गत थप २० स्थानमा सडक बत्ती जडान गरि उज्यालो अभियानलाई निरन्तरता दिईने बताए ।
स्थानिय मानबहादुर धिमालकाअनुसार जंगल क्षेत्र भएको सो स्थानमा जंगली हात्तीले पटकपटक दु:ख दिदै आएकोले जनधनको क्षती न्युनिकरणको लागि सो अभियान संचालन गरिएको हो ।
हाल थापाडाँगीमा सडक बत्ती सडान भएसँगै करिव ३ सय घरधुरी लाभान्वित भएको अभियानका संयोजक तिम्सीनाले बताए ।
यता वडा नम्बर ४ का वडाध्यक्ष कल्याण राईले स्थानियको मागबमोजिम आ.व.२०७९/०८० मा किसान चोक- थापाडाँगी सडकमा उज्यालो अभियानअन्तर्गत वडाको बजेटमा योजना परेतापनि स्थानियबासी सम्झौता गर्न नआएको बताए । उनले भने,” उक्त क्षेत्र हात्तीको जोखिमयुक्त रहेको औँल्याउदै हामीले सो बेला नगरपालिका र उपभोक्ताबिच ७५÷२५ प्रतिशत साझेदारीमा सडक बत्ती जडान गर्ने भनि स्टिमेटको लागि प्राविधिक समेत पठाएका थियौ , तर स्थानियबासीले पैसा तिर्नुपर्ने भनेपछि वेवास्ता गर्नुभयो । हामीले सम्झौता गर्न सुझाव दिएतापनि स्थानियबासीले सम्झौता नै गर्नुभएन र सो योजना सफल हुनै पाएन ।”
यस्तै हाल बिरामी भई बेड रेष्ट गर्दै आएका वडाध्यक्ष राईले अहिले स्थानियको प्रयास र काम तारिफयोग्य रहेको बताउदै चाडै सो स्थानको सडक बत्ती योजनालाई नगरपालिका र उपभोक्ताबिच ५०÷५० प्रतिशत साझेदारीमा नगरको उज्यालो अभियानमा जोड्ने बताए ।