पथरी, ८ असोज । मोरङको पथरीशनिश्चरे-७ मायालु चौकमा बस्दै आएका ६२ बर्षिय चन्द्रबहादुर तामाङको हत्यामा समलग्न व्याक्ति पक्राउ परेका छन् ।
गत असोज ५ गते साझको समयमा नातामा ज्वाईपर्ने मोरङको कानेपोखरी गाउपालिका-५ मा बस्दै आएका वर्ष २९ का रविन राईले ससुराली आएका बेला मदक पदार्थ सेवन गरी ससुरा सग विवाद हुदा धारिलो हतियार प्रयोग गरी हत्या गरेको खुलासा भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले सोमबार पत्रकार सम्मेलन मार्फत बताउनु भयो ।
कार्कीले भन्नुभयो-‘हत्या पश्चात फरार रहेका राईलाई जिल्ला प्रहरी कार्यालय मोरङ, ईलाका प्रहरी कार्यालय पथरी र धनकुटा प्रहरीको सहयोगमा धनकुटाको शहिदभुमी गाउपालिका-७ स्थित आहाले तर्फ जादै गर्दा सागुरीगढी गाउपालिका-८ स्थित मुलघाटमा सवारी चेकजाचका क्रममा नियन्त्रणमा लिएको हो ।’
मृतक तामाङको परिवारका सदस्य श्रीमती र एक छोरी बैदेशिक रोजगारीमा रहेको र घरमा कान्छा ज्वाई राई र ससुरामात्रै बस्दै आएको मा असोज ५ गते मादक पदार्थ सेवन गरी विवाद हुदा धारीलो हतियार दाउ प्रयोग गर्दा तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
हत्यामा समलग्न राईलाई जिल्ला अदालत मोरङबाट ४ दिनको म्याद थप गरि ईलाका प्रहरी कार्यालय पथरीबाट अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहन विक्रम दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय