दिलीप पोखरेल / उर्लाबारी
उर्लाबारीमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ परेका उर्लाबारी वडा नम्बर ८ का ७० वर्षिय एक जेष्ठ नागरिकलाई अनुसन्धानको लागि ५ दिनको म्याद थप गरिएको छ । बिहिबार मोरङ जिल्ला अदालतले अनुसन्धान गर्न उनलाई ५ दिनको म्याद थप गरीएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक राकेश यादवले जानकारी दिए ।

पीडित किशोरी ‘ २०८१ उर्लावारी ८ घ’ अध्ययनरत उर्लाबारी-६ स्थित राधिका माविकी एक शिक्षीकाले बुधबार साँझ करिव ६ बजे दिएको ठाडो उजुरीको आधारमा किशोरीकै हजुरबुबा पर्ने कार्की थरका एक जेष्ठ नागरिकलाई साँझ करिव ६:३० बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यता पिडित किशोरीको मावली पक्षले बिहिबार बिहान ईलाका प्रहरी कार्यालय उर्लाबारीमा अभियुक्त कार्कीविरुद्ध हाडनाता जवरजस्ती करणी मुद्धामा किटानी जाहेरी दिएसँगै प्रहरीले सो घटनाबारे थप अनुसन्धानको दायरा बढाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा किशोरीलाई उनले यसअघि समेत पटक पटक करणीको प्रयास गर्दै आएको खुलेको छ ।

प्रहरीकाअनुसार आफ्नी दिदीसँग उर्लाबारी वडा नम्बर ६ मा बस्दै आएकी ती किशोरीको बुबाआमा र काका समेत खाडी मुलुकमा वैदेशिक रोजगारीको लागि पुगेका छन् । ” उनी कहिलेकाँही आफ्नो दुर्गापुरीस्थित मुलघर जाने गरेकी थिईन् ।” निरिक्षक यादवले फोन सम्पर्कमा भने,” मंगलबार समेत उनी घर पुगेकी रहिछिन्, उनलाई घरमा आफ्नै हजुरबुबाले करणीको प्रयास गरेको खुलेको छ । ”

हाल किशोरीको मुलघरमा अभियुक्त हजुरबुबासहित हजुरआमा र दाई (काकाको छोरा) बस्दै आएका छन्।

प्रहरीले सो घटनाबारे अनुसन्धान भैरहेको जनाईएको छ।

मुलुकी अपराध संहिता २०७४ को २२६ मा १६ वर्ष वा १६ भन्दा बढी १८ वर्षभन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करणी गर्नेलाई १० वर्षदेखि १२ वर्षसम्मको कैदको व्यवस्था गरेको छ । नाबलिकाको हकमा अदालतले पीडितको बयानलाई आधार मान्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय