
पथरी । मोरङको पथरीशनिश्चरे – २ पारुहाङ टोल स्थित भित्री सडक खण्डमा बस्ने आनन राईको छोरी वर्ष ४ की सिहाङ राईले पैदल बाटो काट्ने क्रममा सिटी सफारीले ठक्कर दिएर मृत्यु भएको छ ।
मंगलबार अपराह्न ३ः१५ बजे पथरीशनिश्चरे – २ पारुहाङ टोलस्थित भित्री सडक खण्डमा सोहि ठाँउका आनन राईको ४ वर्षे छोरी सिहाङ राईले पैदल बाटो क्रस गर्ने क्रममा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको प्र. १-०२-००३ ह ५८३ नं. को सिटी सफारीले ठक्कर दिई ज्यान लिएको हा े।
दुर्घटनामा परी गम्भिर घाईते भएकी बालिकाको बिराटनगर स्थित विराट नर्सिङ होममा उपचारका क्रममा हिजो साझ लगभग साढे ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा घाईते भएका सफारी चालक पथरीशनिश्चरे – १० बस्ने वर्ष ४८ का मन बहादुर तामाङको बाँया खुट्टामा गहिरो चोट र सोही सिटिसफारीमा पछाडी सवार पथरीशनिश्चरे न.पा. १ बस्ने वर्ष १५ की आरसिया भट्टराईको शरीरको विभिन्न भागमा चोट लागेको थियो ।
उनीहरू दुवै जनालाई मोरङ अस्पताल पथरीमा उपचार पछि सिटी सफारी सहित सफारी चालक तामाङलाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए ।



