
उर्लाबारी-३ मंगलबारेस्थित निलम बचत तथा ऋण सहकारी संस्थाको १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार मंगलबारेस्थित संस्थाको सभाहलमा वडा नम्बर ३ का वडाध्यक्ष भिष्मराज बुढाथोकीको प्रमुख आतिथ्यतामा १२औँ साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा वडाध्यक्ष बुढाथोकीले मुलुक सम्बृद्ध बनाउन सहकारीको ठुलो भुमिका रहेको बताउदै निलम साकोसले स्थानिय मजदुर, साना व्यवसायी र कृषकहरुलाई अगाडि बढाउन भुमिका खेल्दै आएको बताए ।




यस्तै उनले सहकारीले युवाहरुलाई विभिन्न पेसामा थप आकर्षण बढाउने कार्ययोजनाहरु अघि सार्नुपर्ने धारणा व्यक्त गरे ।
संस्थाका संचालक समिति अध्यक्ष प्रभू दिलुङ्गछा राईको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उत्कृष्ट बचतकर्ता , उत्कृष्ट ऋणी र उत्कृष्ट वाल बचतकर्तालाई सम्मानित गरिएको छ ।
यसरी सम्मानित हुनेहरुमा उत्कृष्ट बचतकर्तातर्फ ललित ठाकुर, वविता ठाकुर, दिलमाया धिमाल, लिला लिम्बु, राजकुमार उराउ, चित्रकला अधिकारी र धनमाया धिमाल रहेकी छिन् । त्यसैगरी उत्कृष्ठ ऋणीतर्फ देया खड्का, संगीता लिम्बु र शर्मा श्रेष्ठलाई सम्मानित गरिएको छ । त्यस्तै उत्कृष्ट वाल बचततर्फ प्रिन्स श्रेष्ठ र मिसुम लिम्बुलाई सम्मानित गरिएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष राईले आ.व. २०८०/०८१ को वार्षिक प्रगती प्रतिवेदन,सचिव संजिव बुढाथोकीले सचिवको प्रतिवेदन र नीति तथा कार्यक्रम, कोषाध्यक्ष रमेश श्रेष्ठले आर्थिक प्रतिवेदन तथा आ.व. २०८१/०८२ को बजेट प्रस्तुत र लेखा समिति संयोजक दिनेश परियारले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभामा प्रस्तुत प्रतिवेदनमा ९६ लाख ३३ हजार ३ सय २५ रुपैयाँ बचत निक्षेप रहेको उक्त सहकारीको शुद्ध बचत १ लाख २२ हजार ३ सय ४१ रुपैयाँ रहेको छ ।
सबै प्रतिवेदन सुझावसहित पारित भएको संस्थाकी संचालक समिती सदस्य विनी चेम्जोङले जानकारी दिइन् ।
संस्थाका सचिव सञ्जिव बुढाथोकीले संचालन गरेको उक्त कार्यक्रममा संस्थाका पुर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार रुमन थापा मगर , गणपति कृषि सहकारी संस्थाका अध्यक्ष टंकनाथ दाहाल, संचार क्लव नेपालका अध्यक्ष कुमार खड्कालगायतको आतिथ्यता रहेको थियो ।
मोरङ्को उर्लाबारी नगरपालिकामा कार्यक्षेत्र रहेको उक्त सहकारीमा जम्मा १ हजार ७८ जना शेयर सदस्यहरु रहेका छन् ।