
दिलीप पोखरेल/ उर्लाबारी
उर्लाबारीमा २० वर्षीया एक युवतीले आत्महत्या गरेकी छिन् । मिक्लाजुङ गाउपालिका वडा नम्बर ४ निवासी बबिता राईले बिहिबार राती करिव ११ :१५ बजे आफ्नी कान्छी फूपुको घरमा आत्महत्या गरेकी ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
उर्लाबारी -७ निवासी सोभा राईको घरमा विगत १५ दिनअघिदेखि बसेर व्युटी पार्लर कोर्ष सिक्दै आएकी युवतीले हिजो राती आफ्नै कोठाभित्र पछ्यौरीमा झुण्डिएर आत्महत्या गरेकी ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक राकेश यादवले बताए ।




उनकाअनुसार युवतीले आत्महत्या गर्नुअघि विदेशमा रहेकी आफ्नी दिदीसँग फोन सम्पर्क गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । निरिक्षक यादवले भने,” विदेशमा रहेकी दिदीले फूपुलाई बहिनीले कोठामै आत्महत्या गरेको बताएपछि सोहि घरमा रहेकी फुपुले जानकारी पाएको खुलेको छ ।” फूपुले झुण्डिएको अवस्थामा उनलाई फेला पारेपछि प्रहरीलाई हिजो राती करिव साडे ११ बजे जानकारी गराईएको प्रहरी निरिक्षक यादवले बताए ।
यस्तै निरिक्षक यादवले युवतीले आत्महत्या गर्नुअघि दिदीलाई फोनमा केहि कुरा बताएको हुनसक्ने अनुमान गरिएको बताउदै उनको मोवाईल फोनलाई काठमान्डौँस्थित डिजिटल फरेन्सीक ल्याबमा परिक्षणको लागि पठाईने बताईएको छ ।
प्रहरीले सो घटनाबारे अनुसन्धान गरिरहेको बताउदै घटनाबारे थप विवरण अनुसन्धानबाट खुल्ने जनाएको छ ।
युवतीका बुबा, दिदी र दाजु वैदेशीक रोजगारीको क्रममा मलेशियामा बस्दै आएका छन् । आफ्नी आमा समेत नभएकी युवती राई मिक्लाजुङस्थित आफ्नो घरमा फूपुसँगै बस्दै आएकी थिईन् । उनी पार्लर सिक्ने क्रममा उर्लाबारीमा डेरामा बस्दै आएकी हुन् ।