बेलबारी । मोरङको बेलबारी नगरपालिका-१० स्थित भाउन्नेको जंगलमा किरा परेको र सडेको अवस्थामा मंगलबार दिउँसो एकजना महिलाको शव भेटिएको छ ।
सिर्जना सामुदायिक वनभित्र अन्दाजी ४५-४६ वर्षीया महिलाको शव फेला परेको मोरङ प्रहरीका डीएसपी राजन कार्कीले जानकारी दिए ।
उनका अनुसार जंगलमा निगुरो टिप्न गएकाहरुले शव देखेपछि दिउँसो २ः ३० बजेतिर प्रहरीलाई खबर गरेका थिए । अपरिचित महिलाको मृत्युको कारण भने नखुलेको उनले बताए ।शवको प्रकृति हेर्दा घटना केहीदिनअघि भएको जस्तो देखिने प्रहरीले जनाएको छ । घटनास्थलबाट उठाएर प्रहरीले शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।
‘मृतकको पहिचान भने हाल सम्म खुलेको छैन । सडेर दुर्गन्धित भएको र शरीरका केही भागमा किरा परेको अवस्थामा शव फेला परेको हो ।
निलो-सेतो रंगको बुट्टे कुर्ता र रातो-कालो धर्का भएको सलवार लगाएकी महिलाको शव उत्तानो परेको अवस्थामा फेला परेको बताए । प्रारम्भिक अनुसन्धानबाट महिलाको शरीरमा चोट र नीलडाम नदेखिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय