
पथरीशनिश्चरे वडा नम्बर १ भुपु सैनिक विद्यालयमा जारी मोरङ जिल्ला पालिकास्तरिय प्रथम पथरीशनिश्चरे भलिबल कप २०८१ प्रतियोगिताको उपाधी लेटाङ नगरपालिकाले जितेको छ ।
बुधबार सम्पन्न फाईनल खेलमा लेटाङले उर्लाबारी नगरपालिकाको टीमलाई ३-२ को सेटमा हराउदै प्रतियोगिताको उपाधि चुमेको छ । जितसँगै लेटाङले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ।




यस्तै उपविजेता बनेको उर्लाबारीले ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
सो प्रतियोगितामा उर्लाबारीका शुसन धिमाल उत्कृष्ट स्टाईकर शुसन धिमाल घोषित भए । उनी नगदसहित ट्रफीले सम्मानित भएका छन् ।
आईतबारदेखी सुरु भएको सो प्रतियोगितामा सुसन राईको कप्तानीमा ८ जना खेलाडीसहित २ जना अफिसियलहरुले उर्लाबारीले प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए ।
यस्तै सो प्रतियोगितामा उर्लाबारी नगरपालिकाका नगर प्रवक्ता समेत रहेका वडा नम्बर ३ का वडाध्यक्ष भिष्मराज बुढाथोकीको समेत सहभागिता रहेको थियो । सो प्रतियोगितामा उनले उत्कृष्ट क्विकरको भुमिका निभाएका थिए ।