उर्लाबारी वडा नम्बर ३ स्थित मंगलबारे भेट्रान समुहद्वारा देउसी खेलेर संकलन भएकाे रकम क्यान्सर पिडितलाई सहयोग गरिएकाे छ ।

समुहद्वारा देउसी खेलेर संकलन भएको ७ हजार नगद वडास्थित रामनगर टोल निवासी ४७ वर्षीया तुलसा भण्डारीलाई मंगलबार विरामीकाे घरमा पुगेर देउसी भैलाे टिमले हस्तान्तरण गरेको छ ।

मंगलबार दिउसो वडाध्यक्ष भिष्मराज बुढाथोकीको रहोबरमा ७ हजार नगद सहयोग गरिएको भेट्रानका अध्यक्ष राजन सुवेदिले जानकारी दिए ।

क्यान्सर पिडित भण्डारीको उपचारको लागि प्रयाप्त रकम संकलन नभएकोले उनी थप उपचारबाट बञ्चित रहेको परिवारले जनाएको छ । पिडितका छोरा कृष्ण भण्डारीले रकम बुझ्ने क्रममा आमाको उपचारमा थप रकम संकलन गरिदिन आग्रह गरेका छन् ।

यस्तै वडाध्यक्ष बुढाथ‍ोकीले भण्डारीलाई थप उपचारको लागि काठमान्डौ लाने प्रयास भैरहेको जानकारी गराउदै सहयोगी हातहरुलाई आर्थिक सहयोगमा जुट्न अपील गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय