निर्माणाधीन घरको छतबाट खसेर मृत्यु भएका एकजना श्रमीकका परिवारलाई स्वतन्त्र निर्माण व्यवसायी मजदुर संघ उर्लाबारीले नगद सहयोग गरेको छ ।

गत जेठ २३ गते उर्लाबारी–३ मंगलबारेमा घर निर्माण गर्ने क्रममा दुई तला माथिबाट खसेर घाइते भएका उर्लाबारी–२ का शनिकुमार श्रेष्ठको उपचारका क्रममा विराटनगरस्थित आर्या न्युरो हस्पिटलमा मृत्यु भएको थियो ।

मंगलबार स्वतन्त्र निर्माण व्यवसायी मजदुर संघ उर्लाबारीका संस्थापक समेत रहेका उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल र संघका अध्यक्ष भगीराज खड्का ‘युवराज’ले ४ लाख ५० हजार रुपैयाँको चेकको डेमोसहित नगद स्वर्गीय श्रेष्ठकी श्रीमती शुकन्तला श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

सो अवसरमा अध्यक्ष खड्काले संघमा आवद्ध भएका मजदुरहरु कामको शीलशीलामा घाइते भएमा वा मृत्यु भएमा राहत कोषबाट रकम प्रदान गरिँदै आएको उल्लेख गरे।

यसअघि पनि भवन निर्माणका क्रममा घाइते भएका मजदुरहरुलाई सहयोग गरिएको जनाउँदै उनले संघमा ७ सयभन्दा बढी मजदुर आवद्ध रहेको बताए।

नगर प्रमुख गंगाप्रसाद खरेलले संघले राहत रकम प्रदान गरेर उदाहरणीय कार्य गरेको बताउँदै प्राप्त रकमलाई सही सदुपयोग गर्न पीडित परिवारजनमा आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय