पथरी । मोरङको पथरी-११ फुटबल क्लबले क्यान्सर पिडित महिला खेलाडीलाई आर्थिक सहयोग गरेको छ ।
मोरङको सुनवर्षी नगरपालिका स्थित केचनामा बसोबास गर्दै आएकी २२ बर्षिय कमला श्रेष्ठको पाठेघरमा क्यान्सर फैलिएको पत्ता लागेपछि उहाको उपचारका लागि खेल क्षेत्रसग आबद्ध रहेका विभिन्न संघ, सस्थाले समेत उपचारमा सहयोग पुर्‍याउन आर्थिक सहयोग गर्दै आएका छन्।
सोही अनुरुप श्रेष्ठलाई पथरी-११ फुटबल क्लवले उपचारमा सहयोग पुर्‍याउने हेतुले नगद १५ हजार आर्थिक सहयोग गरेको क्लवका अध्यक्ष सुमन विकतले बताउनु भयो ।
श्रेष्ठ अहिले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत हुनुहुन्छ । उहा केचना फुटबल क्लबकी महिला टिमकी कप्तान हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय