उर्लाबारी । आज एकाबिहानै सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षीस्थित पूर्वपश्चिम राजमार्गमा विहान करिब ५ बजे तिर भएको सडक दुर्घटनामा परी शिवसताक्षी-८ का ३८ वर्षीय थापाको उपचारको क्रममा बिएन्डसी अस्पताल बितामोडमा मृत्यु भएको हो ।
शिवसताक्षी-१ कमल पुलमा पिकअप र मोटरसाइकल आपसमा जुध्दा शिवसताक्षीका थापाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ च ८२२१ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट जाँदै गरेको मे. ६ प २५१४ नम्बरको मोटरसाइकल एकआपसमा जुधेका थिए ।
बोलेरोको ठक्करबाट थापा गम्भीर घाइते भएका थिए । उनको अहिले बिहान ०६ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पिकअप र पिकअप चालक मेचीनगर-८ का ३१ वर्षीय विशाल खवासलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर अनुसन्धान भइरहेको छ ।
ADVERTISEMENT