काठमान्डौ । नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबारको भएको खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले हराएको हो ।
टस हारेर पहिला व्याटङ गरेको विराटनगर किंग्सले ओपनर मार्टिन गप्टिलको अर्धशतकको मद्दतमा जनकपुर बोल्ट्सलाई १२८ रनको लक्ष्य दिएको थियो । जवाफमा जनकपुर बोल्ट्सले १५ दशमलव ३ ओभरमा २ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो ।








