
उर्लाबारी । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् । माझी ६ हजार ९ सय ६९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारूले ५ हजार ३ सय ३३ मत प्राप्त गरे ।
त्यस्तै तेस्रो स्थानमा रहेका तुलसी राम विश्वासले ४ हजार १ सय ५९ मत ल्याउँदा राप्रपाका दिनेशकुमार थन्दारले ५ सय ५५ मत ल्याए ।




रबि लामिछाने नेतृत्वको रास्वापाले चार डिजिट अङक पुर्याउन सकेन । रास्वपाबाट उम्मेदवार बनेका नबिन कुमार बिश्वास खवासले ३७५ मत प्राप्त गरे ।
२०७९ को स्थानीय तह निर्वाचनमा यस पालिकाको अध्यक्षमा कांग्रेस विजयी भएको थियो ।
कांग्रेसबाट निर्वाचित जयप्रकाश गच्छदारको निधनपछि उपनिर्वाचन भएको हो