
उर्लाबारी । नेपाली कांग्रेस केन्द्रिय समितीले मंसिर २२ को कोशी प्रदेश सम्मेलन बाहेक अन्य कार्यक्रक पार्टीले तय नगरेको जनाएको छ ।
नेपाली कांग्रेस केन्द्रिय समितीले एक विज्ञप्ती जारी गर्दै मंसिर २२ को कोशी प्रदेश सम्मेलन बाहेक सो समय भन्दा अगाडी प्रदेश स्तरिय पालिका सभापतिहरुको भेला भनेर प्रचार गरीएको कार्यक्रम पुर्व निर्धारित पार्टीको कार्यक्रम नरहेको जनाएको छ। केन्द्रले कोशी प्रदेशका सवै जिल्ला, प्रदेश समितीलाई बोधार्थ सहित विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।



