उर्लाबारी । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले शसस्त्र प्रहरी बल ३ नम्वर हेड क्वाटरलाई k|b]z !–)$–))!–em–))%& gDa/sf] ;d’x ævæ sf] एम्बुलेन्स हस्तानतरण गरेको छ ।
एम्बुलेन्स अभावकै कारण समयमै अस्पताल पुर्‍याउन नपाएर नागरिकले स्वास्थ्य उपचार पाउन बञ्चित हुन नपरोह भन्ने हेतुका साथ सहज र सुलभ तवरले विरामीलाई समयमै अस्पताल सम्म पुर्‍याउन एम्बुलेन्स हस्तानतरण गरिएको मन्त्रालयले जनाएको छ ।
कोशी प्रदेशको स्वास्थ्य तथा भौतिक मन्त्रालयको जिम्मेवारी सम्हालीरहनु भएका भुपेन्द्र राईले मन्त्रालयको जिम्मेवारी सम्हाले पछि नागरिकको सेवालाई केन्द्रमा राखेर कार्य गर्दै आउनु भएको छ ।मन्त्री राईले मंगलबार प्रदेश १-०४-००१-झ-००५७ नम्बरको समुह “ख“ को एम्बुलेन्सको चाबी शसस्त्र प्रहरीलाई हस्तानतरण गर्नु भएको हो ।
यस अघि मन्त्री राईले मोरङको बुडीगंगा गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, र भद्रपुर नगरपालिकालाई एम्बुलेन्स प्रदान गर्नु भएको थियो।
मन्त्री राईले फेसबुकमा लेख्दै भन्नु भएको छः-
राखेर के फाईदा ?
मन्त्रालय हुनु,ग्यारेजमा हुनु,र गाडी सोरुममा हुनु उस्तै हो । यो मन्त्रालयको लागी ठुलो कुरा होईन तर नागरिकको नजरमा ठूलो कुरा हो । त्यसैले मन्त्रालयमा थन्किएर रहेको एम्बुलेन्सहरु जिम्मा लगाई रहेको छु ।
समयमै सम्बन्धित ठाउँमा जिम्मा लगाई दिए नागरिकले सेवा पाउनु हुन्छ भन्ने उद्देष्यले स्वास्थ्य मन्त्रीको पदभार सम्हालेको दिन देखी प्रदेश स्वास्थ्य मन्त्रालयमा रहेको एम्बुलेन्सहरु आवस्यत्ता हेरी हस्तान्तरण गरि रहेको छु।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय