
दिलीप पोखरेल/ उर्लाबारी
उर्लाबारीमा बाल यौन दुरुप्रयोग अभियोगमा एक बालक पक्राउ परेका छन् । उर्लाबारी वडा नम्बर ७ की एक ८ वर्षीया नावालिका ‘उर्लाबारी १३ ‘ लाई प्रलोभनमा पारि जवरजस्ती संवेदनशील अंगमा छोई चलाएको अभियोगमा कटहरी गाउपालिकाका १४ वर्षिय बालक ‘उर्लाबारी १४’ लाई प्रकाउ गरिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
ईप्रका उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक राकेश यादवकाअनुसार पिडित ‘उर्लाबारी १३ ‘की आमाले शनिबार दिएको किटानी जाहेरीका आधारमा उर्लाबारी वडा नम्बर ७ मा डेरा लिई बस्ने ‘उर्लाबारी १४ ‘लाई शनिबार राती पक्राउ गरिएको हो । राती आफन्तको घरमा लुकेर बसेको भन्ने गोप्य सुचनाका आधारमा उनी पक्राउ परेको प्रहरी निरिक्षक यादवले बताए ।




उनले गत मंसिर १२ गते दिउसोकाे समयमा पिडित ‘उर्लाबारी १३’ लाई आफ्नो डेरामा लगि बाल यौन दुरुप्रयोग गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
यता उर्लाबारी प्रहरीले प्रकाउ परेका बालकलाई अनुसन्धानको लागि आईतबार मोरङ जिल्ला अदालतबाट ४ दिन म्याद थप गरि ल्याएको जनाएको छ ।
यस्तै उनले आईतबार पिडित बालिकाको विराटनगरस्थित कोशी अस्पतालमा विषेश स्वास्थ्य परिक्षण समेत गरिएको बताएका छन् । सो घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी निरिक्षक यादवले बताए ।
-के हो बाल यौन दुरुप्रयोग मुद्धा?
नेपालमा बाल यौन दुरुपयोग मुद्धाले १८ वर्षभन्दा कम उमेरका बालबालिकाहरूमाथि यौनजन्य व्यवहार, हिंसा, वा दुर्व्यवहार गर्ने कार्यलाई जनाउँछ। यसमा शारीरिक सम्पर्क, यौन हिंसा, बाल अश्लील सामग्रीको उत्पादन वा वितरण, र जबरजस्ती यौन सम्पर्क जस्ता कार्यहरू पर्छन्। नेपालमा यसलाई गम्भीर अपराधको रूपमा लिइन्छ।
-नेपालमा बाल यौन दुरुपयोगका लागि यस्तो छ सजाय:
नेपालको ‘फौजदारी संहिता, २०७४’ ले बाल यौन दुरुपयोगलाई कडा सजायको व्यवस्था गरेको छ। यसमा निम्न सजायहरू लागू हुन्छन्:
बाल यौन दुर्व्यवहार (जसमा शारीरिक सम्पर्क, अनुचित स्पर्श, अश्लील गतिविधि) गरेको प्रमाणित भएमा “कारावास ३ देखि ५ वर्ष” र “जरीवाना” हुन सक्छ।
यसका अलवा नेपालमा बाल अधिकार संरक्षणका लागि ‘बाल अधिकार ऐन, २०७५’ र अन्य कानुनी व्यवस्थाहरूले यस्ता मुद्दामा कडा कारबाही गर्ने प्रावधान राखेका छन्।