दिलीप पोखरेल / उर्लाबारी
उर्लाबारी वडा नम्बर ४ आईतबारेस्थित उर्लाबारी बहुमुखी क्याम्पसको क्याम्पस संचालक समितिको कार्यकाल यही पुष ९ गते समाप्त हुदैछ ।

वि.सं.२०७९ मा सर्वसम्मत रुपमा निर्वाचित पुष्प ढकाल नेतृत्वको क्याम्पस संचालक समितीको ३ वर्षे कार्यकाल समाप्त हुने भएसँगै निर्वाचन हुने संकेत भने देखिएको छैन।

वर्तमान अध्यक्ष पुष्प ढकालले यसपटक संचालक समितीको निर्वाचन सर्वसम्मत रुपमा नभई मतदानबाट हुनसक्ने बताएतापनि समितिको ६ महिना म्याद थप भने यसअघि नै भैसकेको जानकारी प्राप्त भएको छ ।

संचालक समितीका सदस्य मुक्तिप्रसाद न्यौपानेकाअनुसार करिव १ महिना अघि बसेको क्याम्पस संचालक समितिको बैठकले वर्तमान समितिको ६ महिना म्याद थप गरि कार्यकाल थपिएको हो ।

यस्तै क्याम्पस संचालक समिती निकट एक स्रोतकाअनुसार वर्तमान सरकारको सत्ता समिकरणको प्रभावले दलहरुबिच सहमती जुट्न नसकेकोले ६ महिनासम्म सञ्चालक समितिको निर्णयले कार्यकाल थप्न सकिने व्यवस्थालाई प्रयोग गरि वर्तमान समितिको कार्यअवधि थपिएको हो ।

त्यस्तैगरी बुधबार ढकालले केही दिनमै संचालक समितिको बैठकले क्याम्पसको २४औँ वार्षिक साधारण सभा र निर्वाचन तालिका तय गर्ने बताएता छन् । उनले आगामी फागुन पहिलो हप्ताभित्र क्याम्पसको चुनावी साधारणसभा हुनसक्ने संकेत दिएका छन् ।

त्यस्तैगरी क्याम्पस संचालक समितिका एक सदस्यले आफ्नो नाम नबताउने शर्तमा भनेका छन्,” स्थापना कालदेखी हालसम्म राजनितीक दलहरुले सर्वसम्मत रुपमा समिती गठन गर्दै आएको ईतिहासलाई कायमै राख्ने सम्भावना रहेको छ । सम्भवत: निर्वाचन नहुन पनि सक्छ।”

यता क्याम्पसमा संचालक समितिका वर्तमान सदस्यहरुलेे समयमै निर्वाचन गरिनुपर्ने बताउदै आएका छन् भने अन्य सदस्य समेतले निर्वाचनको माध्यमबाट समितिमा बस्ने आकांक्षा प्रस्तुत गरेका छन् ।

वि.सं. २०४३ सालमा स्थापित सो क्याम्पसमा हाल करिव ८ सय जना आजिवन सदस्य र करिव ४ सय जना साधारण सदस्य गरि जम्मा १ हजार २ सय जना सदस्य रहेका छन् ।

क्याम्पस स्रोतबाट प्राप्त सूचनाकाअनुसार करिव ३ सय साधारण सदस्यहरुको सदस्यता खारेजी भएका छन् । क्याम्पसको विधानअनुसार ति सदस्यले तिन÷तिन वर्षमा नविकरण गर्नुपर्ने प्रावधान भएतापनि उनीहरुको समयमै नविकरण नभएकोले सदस्यता खारेजी भएको बताईएको छ, यद्यपी यसको आधिकारीकताबारे क्याम्पस प्रशासनले भने केहि प्रतिक्रिया दिएको छैन ।

२१ जना सदस्य रहने उक्त संचालक समितिमा १५ जना क्याम्पस सभा सभाषदहरुबाट निर्वाचित हुनेछन् भने ७ जना पदेन सदस्यहरु रहनेछन् । यस्तै तिमध्येबाट क्याम्पसको नियमित कामकमजको लागि ७ जनाको सचिवालय समिती गठन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय